भारतबाट वौदीकालि आएका १५ जनाको कोरोना रिपोर्ट नेगेटिभ

0

तस्बिर ः पत्रकार दिपक भट्टराइ

डोलराज रानाभाट,५ जेठ, गैडाकोट । भारतको बम्बइबाट बैशाख ३१ गते नवलपुरको वौदिकालि गाउँपालिका आएका १५ जना र एक जना रौतहट बाट आएका गरी १६ जना सवैको नतिजा नेगेटिभ आएको छ ।

उनीहरुको जेठ ३ गते स्वाव संकलन गरि परीक्षणको लागि पोखरा पठाइएको थियो । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार उनीहरु सवैको पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको छ। उनीहरु भारतको वम्वईबाट आए सँगै गाउँपालिकाको क्वारेनटाइनमा राखिएको थियो ।

यस अघि भारतबाट आएका जिल्लका २० जनाको नमुना संकलन गरी पठाइएको स्वावको रिपोर्ट नेगेटिभ आएको थियो । भारत सहित संक्रमण फैलिएका नेपालका विभिन्न जिल्लाबाट आएका गैडाकोटका ३ जना,देवचुलीका १२ जना,कावासोतीका ३ जना,विनय त्रिवेणीका २ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

Share.

Leave A Reply