लकडाउन जेठ २० गतेसम्म लम्वियो, कोरोना संक्रमितको सख्या २९५

0

४ जेठ । नेपाल सरकारले भोलिबाट सकिदै गरेको लकडाउनको अवधि पुन थप गरेको छ । अव जेठ २० गतेसम्म लकडाउन रहने निर्णय सरकारले आज गरेको हो । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेर सिफारिस गरेसँगै आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा कोरोना संक्रमितको सख्या २९५ पुगेको छ । आज साँझ थप ३ जनामा कोरोना संक्रमित पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धनकुटाका एक जना र विराटनगरका दुई जनामा कोरोना पुष्टी भएसँगै सक्रमितको सख्या २९५ पुगेको छ । धनकुटा निवासी ३४ वर्षीय महिला, मोरङ विराटनगर निवासी २९ वर्षीय महिला र ३६ वर्षीय पुरुष रहेको सहायक प्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिनुभयो । आज नै कोरोना भाइरसबाट बाँकेमा एक जना पुरुषको मृत्यु भएको थियो ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोज भगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गर्नुभएको छ । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । गएराती स्वास्थ्यमा समस्या देखिएको थियो ।

उनलाई ज्वरो झाडापखला लगायतको समस्या देखिएको थियो । क्वारेन्टीनमा बस्ने क्रममा गएराती स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो । उनको स्वाब परिक्षण गरिएको थियो । स्वाबको परिक्षण पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । शनिबार मात्र कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो मृत्यु पुष्टि भएको थियो । सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको बिहीबार मृत्यु भएको थियो ।मन्त्रालयले शनिबार उनको मृत्यु कोरोना संक्रमणबाट भएको घोषणा गरेको थियो ।

Share.

Leave A Reply