मध्यविन्दु जिल्ला अस्पताललाई स्कारपियो गाडि किन्न गण्डकी सरकारले दियो बजेट

0

डोलराज रानाभाट, ४ जेठ , गैडाकोट । गण्डकी प्रदेश सरकारले नवलपुरको जिल्ला अस्पताल मध्यविन्दु सहित ११ वटै जिल्लाका अस्पतालका लागि स्कारपियो गाडि खरिद गर्न बजेट विनियोजन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवम भौतिक पूर्वाधार विकास मन्त्री राशरण वस्नेतले गण्डकी प्रदेशभरका ११ वटा जिल्ला अस्पतालहरुमा साधानको व्यवस्था नभएको भन्दै सवै जिल्ला अस्पताललाई स्कारपियो गाडि खरिद गर्न बजेट छुट्याइएको बताउनुभयो ।

त्यस्तै आगामी जेठ ११ गते दिनको १ बजे पोखरा सभा गृहमा गण्डकी प्रदेश सभाको अधिवेशन बोलाउने निर्णय भइ प्रदेश प्रमुखलाई सिफारिस गरिएको छ । तनहुँमा दुई वटा शव दाहा गर्नका लागि दुई ठाउँमा दुइृ वटा मेशिन भारतबाट ल्याउनुपर्ने भएकाले भन्सार र राजश्व छुट तथा ढुवानीका लागि सहज गरिदिन केन्द्र सरकारलाई सिफारिस गरिएको, लघु तथा साना उद्यमीलाई मेशीन हस्तान्तरण गर्न वनाइएको कार्यविधि २०७७ स्वीकृत गरिएको छ ।

Share.

Leave A Reply