७ दिनभित्र बाझो बारी खनजोत गर्न गैडाकोट नगरपालिकाको आह्वान

0

डोलराज रानाभाट, ४ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकाले सात दिनभित्र आफ्नो नाउँमा रहेको बाझो वारी जोत्न आह्वान गरेको छ ।

आज सात दिने सूचना जारी गर्दै नगरपालिकाले भूमि मानव जीवनको सवैभन्दा महत्वपूर्ण आधार भएको भन्दै विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको वर्तमान अवस्थामा वेरोजगारी र खाद्यन्नको अभाव सर्व वढीरहेको ले यो कदम चालिएको बताइएको छ ।

संकटको अवस्थामा पनि आफूसँग भएको जमिन बाझो राख्नु एक गम्भिर अपराध हो प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले हस्ताक्षर गरी जारी गरिएको सूचनामा भनिएको छ, ”सात दिनभित्र नगरभित्रका विभिन्न व्यक्ति, संघसंस्था, कम्पनी आदिको स्वामीत्वमा रही हाल बाझो रुपमा रहेको खेतीयोग्य जमिनको उपयोग को लागि तत्काल कार्य प्रारम्भ गरिदिनुहुन आह्वान गरिन्छ ।”

सात दिनभित्र पनि खनजोत गरी उत्पादनको कार्य प्रारम्भ नगरे जग्गाको स्वामीत्व तथा दायित्वमा कुनै असर नपर्ने र सो वापत कुनै भाडा नदिई निष्कृय जमीनको उपयोग गर्दै आन्तरिक रोजगारी र उत्पादन बढाउने उद्देश्यले सम्वन्धित वडाको समवन्यमा उक्त जमीन १ वर्षका लागि नगरपालिकाले प्रयोग गर्ने सूचना मार्फत प्रष्ट पारिएको छ । यसरी एक वर्षमा उत्पादन भएका वस्तुहरु नगरस्तरीय ‘खाद्यान्न भण्डार’ Food Bank मा जम्मा गरिने गरी उपयोग गरिने सूचना मार्फत प्रष्ट पारिएको  हो । गैडाकोट ४ ले भने यस अघि नै बाझो वारी जोत्न सुरु गरिसकेको छ । वडामा रहेको ३ विघा वढि प्लटीङ जग्गामा ट्याक्टर लगाएर जोतिसकेको छ ।

Share.

Leave A Reply