गैडाकोटमा २०० वढि आरडिटी किट प्राप्त

0

डोलराज रानाभाट, ४ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकालाई २०० वढि आरडिटी किट प्राप्त भएको छ। पोखरा स्वास्थ्य निर्देशनालय पोखरा गएर नगरप्रमुख छत्रराज पौडेलले जिल्लालाई केही महिनाको लागि पुग्ने गरी ल्याएको आरडिटीबाट नगरपालिकालाई सो सख्यामा प्राप्त हुने भएको  स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । पछिल्लो अवस्थालाई आकलन गरी नगरप्रमुख पौडेलको सक्रियतामा  उहाँ आफै पोखरा गई किट ल्याउनुभएको हो ।

जिल्लामै किट सकिन लागेको समय आरडिटी किट २०० भन्दा धेरै, क्लोरिन, मास्क प्राप्त भएको हो । यस किटले थप एक महिनाको लागि परीक्षण गर्न पुग्ने पौडेलले बताउनुभयो । हाल सम्म नगरको सिफारिसमा १४ जनाको पीसीआर परीक्षण गरिएको र सवैको नतिजा नेगेटिभ रहेको बताउनुभयो । आज सम्म नगरभित्र ७ जना क्वारेनटाइनमा रहेको र ती मध्ये गोरखाबाट आएका १ जना, सिन्धुलीबाट आएका २ जना र अन्य आज भन्दा तीन दिन अघि नेपालगन्ज नाकाबाट नेपाल प्रवेश गरेकाहरु रहेको जानकारी दिनुभयो ।

उनीहरु सवैलाई गैडाकोट ११ को कर्भडहलको क्वारनेटाइनमा राखिएको छ । जसमा एक महिला पनि रहनुभएको छ । उहाँहरुको आगामी विहीवार मात्रै स्वाव परीक्षण गरिने पौडेलले जानकारी दिनुभयो । यसैविच नगरपालिकामा थप सतर्कता अपनाइएको छ । नगरप्रमुख छत्रराज पौडेलले तीन दिनभित्र नगरबाट कति मानिस वाहिर रहेका छन् सो को तथ्याङ्क हरेक वडाबाट संकलन गर्न सम्वन्धित वडाअध्यक्षहरुलाई निर्देशन दिएको बताउनुभयो ।

अहिले तत्काल भारतबाट आउनेहरुको परीक्षणलाई तीव्र पारिएको भन्दै एक हप्ताभित्र १५० वढि व्यक्ति आउने आकलन गरिएको बताउनुभयो । त्यसो सँगै नगरभित्रबाट खाडी सहित युरोप अमेरिका अन्य देशमा जानेहरुको एकीन तथ्याङ्क आउनासाथ क्वारेनटाइन वढाउने, अझ थप गर्ने, परीक्षणको दायरा वढाउने आदि वारे छलफल गरी काम अघि वढाउने जनाउनुभयो । भविष्यको आकलनलाई ध्यानमा राखि क्वारेनटाइन थप गर्ने वारे गैडाकोट ११ का वडाअध्यक्ष गोविन्द सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको छ जसमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रतिनिधिलाई पनि समावेश गरिएको छ ।

Share.

Leave A Reply