नेपालमा कोभिड–१९ बाट २ जनाको मृत्यु, संक्रमण हुनेको सङ्ख्या २९२, महिला भन्दा पुरुष वढि, २८ जिल्लामा संक्रमण, ३६ जना निको भएर घर फर्किए (पुरा विवरण सहित)

0

प्रेम क्षेत्री
जेठ ४ । नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट थप एकजनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । नेपालमा कोभिड–१९ बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो ।
बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गर्नुभएको छ ।
मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । गएराती स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई ज्वरो झाडापखला लगायतको समस्या देखिएको थियो ।
क्वारेन्टीनमा बस्ने क्रममा गएराती स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।
उनको स्वाब परिक्षण गरिएको थियो । स्वाबको परिक्षण पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । थप विवरण अझै आउने क्रममा रहेको उहाँको भनाई छ ।
नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमण हुनेको सङ्ख्या २९२ रहेको छ ।
पुरुष २३६ जना रहेका छन् भने महिला ५५ जना रहेका छन् । हालसम्म निको भएर घर फर्किएकाको सङ्ख्या ३६ रहेको छ ।
२८ जिल्लामा यसको संक्रमण देखिएको छ ।
प्रदेश नम्बर १ मा ३६ जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदेश नम्बर २ मा १ सय २१ जनामा यसको संक्रमण देखिएको छ । बागमती प्रदेशमा १७ जना संक्रमित छन् । त्यसैगरी गण्डकी प्रदेशमा ३ जना संक्रमित छन् । प्रदेश नम्बर ५ मा १ सय ९ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । र सुदुरपश्चिम प्रदेशमा ५ जनामा संक्रमित रहेका छन् ।

Share.

Leave A Reply