नेपालमा कोभिड–१९ बाट दोस्रो व्यक्तिको पनि मृत्यु

0


प्रेम क्षेत्री
जेठ ४ । नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट थप एकजनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । नेपालमा कोभिड–१९ बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।
बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गर्नुभएको छ ।
मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । बाँकेको नैरनापुरका २५ वर्षका पुरुष क्वारेन्टीनमा बसेका थिए । गएराती स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई ज्वरो झाडापखला लगायतको समस्या देखिएको थियो ।
क्वारेन्टीनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो । उनको स्वाब परिक्षण गरिएको थियो । स्वाबको परिक्षण पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । थप विवरण अझै आउने क्रममा रहेको उहाँको भनाई छ ।

Share.

Leave A Reply