श्रममन्त्री यादव अस्पतालमा, हृदयाघात भएको भनेर फैलाइएको हल्ला निराधार

0

काठमाडौँ, ४ जेठ  :

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुग्नुभएको छ ।

मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित परीक्षणका लागि अस्पताल जानुभएको उहाँका प्रेस संयोजक विजय यादवले जानकारी दिनुभयो ।

मन्त्री यादवको सचिवालयले उहाँलाई हृदयाघात भएको भनेर फैलाइएको हल्ला निराधार रहेको पनि जनाएको छ । (रासस)

Share.

Leave A Reply