ओभरस्पीडमा कुदाएको एम्वुलेन्स काँग्रेस चोकमा पल्टीयो

0

डोलराज रानाभाट, ४ जेठ, गैडाकोट । ओभरस्पीडमा एम्वुलेन्स हाँक्दा महेन्द्र राजमार्गको गैडाकोट ४ मा दुर्घटनामा परेको छ । नवलपुर अस्पतालको लु १ च ४१४० नम्वरको एम्वुलेन्स भरतपुर विरामी पुर्याएर फर्किदा गैडाकोट ४ काँग्रेस चोकमा दुर्घटना भएको हो ।

चालक मात्रै रहेको एम्वुलेन्स अगाडी रहेको स्कुटीलाई जोगाउन खोज्दा ओभर स्पीडले अनियन्त्रीत भई पल्टिएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर चन्द्रवहादुर थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी चालक कावासोती ८ का कमलप्रसाद चापागाई घाइते हुनुभएको र दाईने हातमा चोट रहेको उहाँको मध्यम अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थापाले बताउनुभयो । दुर्घटना आज विहान ८ बजेर २ मिनेट जाँदा भएको हो । एम्वुलेन्स अहिले इलाका प्रहरी कार्यालयमा रहेको र अस्पतालका व्यक्तिहरु आइसकेका छन् ।

Share.

Leave A Reply