विदेशबाट आउन सक्ने संख्याको आकलन अनुसार योजना वन्दै छ ः नगरप्रमुख पौडेल

0

डोलराज रानाभाट, ४ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकाका भित्र कोरोना भाइरस कोभिड १९ को संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ। नगर प्रमुख छत्रराज पौडेलले भारत र अन्य मुलुकबाट नगरभित्र आउन सक्ने मानिसहरुको संख्यालाई ध्यानमा राखी विशेष टोली वनाई काम गरिरहेको जानकारी दिनुभयो । हालसम्म नगरभित्र कसैलाई संक्रमण नदेखिएको र यसैलाई निरन्तरता दिन विशेष सतर्कताका साथ काम भइरहेको बताउनुभयो ।

विजय एफएमको कार्यक्रम हेल्लो मेयरसँग आज विहान कुराकानी गर्दै उहाँले भारतबाट यो हप्तामा १ सय ५० देखि २०० जना व्यक्ति आउन सक्ने आकलन गर्दै उनीहरुलाई क्वारेनटाइनमा राख्ने र स्वास्थ्य परीक्षण गर्ने तयारीमा आफूहरु रहेको बताउनुभयो । वाहिरबाट आउने जो सुकै व्यक्ति क्वारेनटाइनमा १४ दिन वस्नैपर्ने नियमलाई कडा पारिएको बताउँदै आफ्नो वडाबाट भारत, साउदी, कतार, मलेसीया लगायतका देशहरुमा गएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिएको बताउनुभयो । नगर प्रमुख पौडेलले भन्नुभयो,“ डाटामा रहेर काम गरेका छौँ । आज र भोलि सम्म सवै वडाबाट विदेश गएका व्यक्तिहरुको तथ्याङ्क आउने छ र सोही अनुसार हाम्रो तयारी हुनेछ ।”

यदि केन्द्र सरकारले विदेशमा अलपत्र जनतालाई ल्याउने निर्णय गरे नगरभित्र ५ हजार व्यक्ति आउन सक्ने आफ्नो अनुमान रहेको र केही दिनमा वास्तविक तथ्याङ्क आउने भन्दै नगरपालिकामा हिजो बसेको कार्यपालिका बैठकबाट क्वारेनटाइन व्यवस्थापनका लागि वडानम्वर ११ का अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षतामा, नेपाल प्रहरी, शसस्त्रका प्रतिनिधि सहितको सहभागीतामा समित बनाएको जानकारी दिनुभयो । समितिले भावि आवश्यकतालाई समेत ख्याल गरी काम गर्नेछ । संख्याका आधारमा सामुदायिक वनका भवन, होटल, विद्यालय सहित अन्य भवनहरुमा पनि क्वारेनटाइन राख्न पर्ने वा नपर्नेवारे आफूहरु तथ्याङ्कलाई पर्खिएको र त्यसपछि काममा लाग्ने बताउनुभयो ।
अहिले पितौजी स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरोन्नती भइसकेको र डाक्टरकै दरवन्दीमा काम सुरु भएको भन्दै नगरप्रमुख पौडेलले भारत सहित विदेशबाट आउने व्यक्तिहरुलाई असल व्यवहार गर्न समुदायलाई अनुरोध गर्नुभयो । सवै नगरवासीहरुले आतंकीत तरिकाले नभई सुझवुझ भई यो समय व्यवहार गर्नुपर्ने बताउनुभयो । नेपालमा कोरोना भाइरसबाट एक जनाको मृत्यु भइसक्दा पनि नगरभित्र विहान वेलुका साँझ ५ देखि ६ बजेमा दुरी कायम नगरी हिँड्नेहरु वढेको भन्दै तत्काल यो गतिविधि रोक्न आग्रह गर्नुभयो । कुटो कोदालो लिएर घर वरिपरीका जग्गा खनेर तरकारी लगाउनुहोस्,लकडाउनलाई चाडपर्वको रुपमा नलिन आग्रह गर्दछु नगरप्रमुख पौडेलले भन्नुभयो ।

अव नगरभित्र कषिलाई प्रमुख प्राथमिकता दिएर वाँझो वारीको तथ्याङ्क संकलन गर्ने र कार्यविधि वनाएर खेती सुरु गर्ने उहाँको भनाई छ । त्यसका लागि प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मा दिएको पौडेलले बताउनुभयो । साथै नगरवासीलाई राहत वितरण नभई उपभोक्ता गठन गरेर सम्पन्न गर्नुपर्ने योजनामा सम्वन्धीत वडाभित्रका विपन्न वर्गलाई प्रमुख प्राथमिकता दिएर काम गर्न लगाउने र सोही अनुसारको पारिश्रमिक दिने व्यवस्था मिलाउन आफूले निर्देशन दिएको बताउनुभयो । तर काम नै गर्न नसक्ने, विपन्न, गर्भवती, अपाङ्गता भएका व्यक्ति आदिका लगि विशेष सहयोग गर्ने पनि उहाँको भनाई छ ।

नगरवासीको साथ र सहयोगविना कोरोना विरुद्धको लडाई जित्न नसकिने भन्दै उहाँले सवैले नियम पालना गर्न आग्रह सहित एक घर एक परीक्षणको कार्यक्रम सुरु गर्ने तयारीमा आफू रहेको र पत्रकारहरुको पनि कोरोना परीक्षण गर्ने व्यवस्था गर्न आफूले छलफल गरिरहेको बताउनुभयो । आफू स्वयम थप कीट ल्याउनका लागि पोखरा गएको र भारत सहित विदेशबाट आउनेहरुको पहिलो परीक्षण, चिकित्सक सहित स्वास्थ्यकर्मीको दोस्रो त्यसपछि पत्रकार र अन्यको परीक्षण गर्ने गरी व्यवस्था मिलाउन आफू लागिपरेको बताउनुभयो ।

Share.

Leave A Reply