रोटर्याक्ट क्लव अफ गैडाकोट वर्ष २०२०–०२१ को अध्यक्षमा पन्त

0

४ जेठ, गैडाकोट । रोटर्याक्ट क्लव अफ गैडाकोटले वर्ष २०२०–०२१ का लागि हिजो नयाँ कार्यसमिति चयन गरेको छ । विश्व महामारीको रुपमा फैलिरहेका कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको पालना गर्दै अनलाईन बैठकबाट गठन भएको नयाँ कार्यसमितिको अध्यक्षमा कौशिक राज पन्त चयन हुनुभएको छ ।

समितिको उपाध्यक्षमा आर्जन पौडेल र सन्देश पराजुली, सचिवमा वर्षा सापकोटा, सह सचिवमा स्वस्तिका घिमिरे, कोषाध्यक्षमा क्षितिज आचार्य, सह कोषाध्यक्षमा विन्दु आचार्य चयन हुनुभएको छ ।

त्यस्तै हेड अफ डाइरेक्टरमा विवेक गौतम, डाइरेक्टहरुमा पुरुषोत्तम काफ्ले , कविता आचार्य, शिरिष सिग्देल र सुमन लामिछाने चयन हुनुभएको छ । त्यस्तै सर्जेन्ट अफ आर्ममा सरस्वती गौतम, इडिटरमा इन्द्र ज्योति पोखरले, स्पोर्टस कोअर्डिनेटरमा विनायक खनाल, इन्टर एक्ट कोअर्डिनेटरमा विजय लामिछाने, आइटि कोअर्डिनेटरमा जेनिथ आचार्य, एस ए पी कोअर्डिनेटरमा पदम थापा चयन हुनुभएको छ । निर्वाचित सवैजनालाई निवर्तमान अध्यक्ष शरद काफ्लेले वधाई एवम सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।


निरन्तर सामाजिक कार्यमा सक्रिय क्लवले यस अघि युवाहरुमा क्षमता विकास र अभिवृद्धि तालिम, डेँगु रोग विरुद्धको सचेतना कार्यक्रम, पर्यटन प्रवद्र्धन, विश्व पोलियो दिवसवारे कार्यक्रम, निःशुल्क पशु शिविर कार्यक्रम गरेका थिए । त्यस सँगै कोरोना भाइरसको संक्रमण हुन नदिन क्लवले गैडाकोटमै पहिलो पटक मिडियामा सक्रिय पत्रकारहरुको सुरक्षाका लागि मास्क वितरण गरेको थियो । साथै आगामी दिनमा नयाँ कार्यसमितले गर्नुपर्ने कार्यहरुको योजनाका लागि छिट्टै बैठक वस्ने कोषाध्यक्ष क्षितिज आचार्यले जानकारी दिनुभयो ।

Share.

Leave A Reply