नवलपुरको वौदीकालिबाट १६ जनाको स्वाव संकलन गरि पोखरा पठाइयो

0

डोलराज रानाभाट,३ जेठ, गैडाकोट । भारतको बम्बइबाट बैशाख ३१ गते नवलपुरको वौदिकालि गाउँपालिका आएका १५ जना र एक जना रौतहट बाट आएका गरी १६ जनाको आज स्वाव संकलन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार उनीहरुको आज स्वास्थ्य कार्यालयले टोली पठाएर स्वाव सकलन गरी परीक्षणको लागि पोखरा पठाइएको हो । आज पठाइएको स्वावको रिपोर्ट भोलि वेलुका सम्म आउने बताउनुभयो । उनीहरु भारतको वम्वईबाट आए सँगै गाउँपालिकाको क्वारेनटाइनमा राखिएको छ ।

यस अघि हिजो मात्रै २० जनाको नमुना संकलन गरी पठाइएको स्वावको रिपोर्ट नेगेटिभ आएको थियो । भारत सहित संक्रमण फैलिएका नेपालका विभिन्न जिल्लाबाट आएका गैडाकोटका ३ जना,देवचुलीका १२ जना,कावासोतीका ३ जना,विनय त्रिवेणीका २ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

Share.

Leave A Reply