नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भएको खबरका विषयमा जाँच चल्दै, संक्रमितको सङ्ख्या २ सय ७८, २६ जिल्लामा कोरोना भाइरसको संक्रमण, ३६ जना उपचार पछि निको भए

0


प्रेम क्षेत्री
जेठ ३ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भएको खबरका विषयमा जाँच भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सिन्धुपाल्चोककी मृतक उक्त महिलाको कोरोना परिक्षण भईरहेको जनाउँदै विस्तृत विवरण रिपोर्ट आएपछि मात्र पत्ता लाग्ने बताउनुभयो ।
नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या २ सय ७८ पुगेको छ । पछिल्लोपटक महोत्तरी र काभ्रेमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै आज सम्म २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
२२४ जना पुरुष र ५४ जना महिलामा संक्रमण देखिएको हो । २६ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म ३६ जना उपचार पछि निको भएका छन् ।

Share.

Leave A Reply