लकडाउनलाई वन्द खुले जसरी नवुझ्न गैडाकोट ४ को अनुरोध , लकडाउनलाई थप कडाई

0

डोलराज रानाभाट, ३ जेठ । लकडाउनको पूर्ण पालना सहित कोरोना संक्रमण हुन नदिन गैंडाकोट नगरपालिका वडानम्वर ४ मा आज सुरक्षाका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । वडाअध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले लकडाउनलाई वन्द खुलेको दिन जसरी नसम्झन र कडाइका साथ पालना गर्न आग्रह गर्नुभयो ।

वडाका टोलविकास संस्थाहरुको सक्रियताले अहिले सम्म स्थिती सामान्य रहेको भन्दै विहान वेलुका हिँड्ेनहरु विरुद्ध कडा रुपमा उत्रन टोलविकास संस्थाहरुलाई निर्देशन दिनुभएको छ । यो समय विहान वेलुका हिँडेर शारीरिक अभ्यास गर्न भन्दा घरमै योग र अन्य अभ्यास गर्न आग्रह गर्दै कुनै समस्या भए जनप्रतिनिधिमहरुलाई खवर गर्न अनुरोध गर्नुभयो ।

यो समय आफूलाई सुरक्षित राखेर समाज सुरक्षित गर्ने समय भएको भन्दै संक्रमण फैलन सक्ने सवै खालका कार्य तत्काल वन्द गर्न निर्देशन दिनुभयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत टिकाराम वाग्लेले अत्यावश्यक काम वाहेक घर बाट वाहिर नहिँड्न र सरकारको निर्देशन पालना गर्न आग्रह गर्नुभयो ।

भौतिक दुरी कायम गर्नुपर्ने यो समय पनि मानिसहरु विभिन्न समय भएका वन्दका कार्यक्रम जसरी साँझ भएपछि भीड गरेर हिँड्ने काम तत्काल रोक्नुपर्नेमा जोड दिनुभयो । नवलपुर जिल्लामा कोरोना भित्रिन नदिन सवै प्रयास जारी रहेको बताउँदै नागरिक तहबाट भरपुर सहयोग हुन आवश्यक रहेको बताउनुभयो ।

अहिले सम्म प्रशासनले नागरिकलाई सम्झाउने र चेतना जगाउने काम गरेको भन्दै यदि अटेर गरे संक्रामक रोग ऐन र स्थानीय प्रशासन एने २०२८ अनुसार कारवाही गर्ने चेतावनी पनि दिनुभएको छ । त्यस्तै गैडाकोट नगरपालिकाका स्वास्थ्य शाखाका निरीक्षक इन्द्र सापकोटाले गैडाकोट अहिले सम्म सुरक्षित रहेको र यसलाई कायम राख्न लकडाउनको पालना गर्न आग्रह गर्दै नियमित खोप लगाउने कार्य नछुटाउन आग्रह गर्नुभयो । घरमै वसेर रोग प्रतिरोधात्मक क्षमता वढाउने खानाहरु प्रयोग गर्न आग्रह गर्दै उहाँले आफ्नो घर वरिपरी टोलमा नयाँ व्यक्ति आउनासाथ खवर गर्न आग्रह गर्नुभयो ।

त्यस्तै इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी नायव उपरीक्षक मोहन वहादुर क्षत्रीले अत्यवाश्यक काममा जाने जनतालाई नरोकेको भन्दै अनावश्यक सवारी नचलाउन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै समाजसेवी टोलनाथ घिमिरेले यो समय आफ्ना परिवारका ज्यष्ठ सदस्यलाई हेरचाह र सुरक्षित राख्न आग्रह गर्नुभयो । वडासदस्य तेजप्रसाद घिमिरेले सहजीकरण गर्नुभएको कार्यक्रममा सवै जनप्रतिनिधि, वडाभित्रका ७ वटा टोलविकास संस्थाका अध्यक्ष, विभिन्न संघ सस्थाका पदाधिकारी, वुद्धिजिवी समाजसेवी लगायत सवै सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply