कपिलवस्तुमा थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या २७६

0


प्रेम क्षेत्री
३ जेठ । नेपालमा आज थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डेढ घण्टा वित्न नपाउँदै थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहान साढे १० बजे ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको थियो । त्यस्को डेढ घण्टा पछि थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको उल्लेख गर्दै आजमात्रै ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा नयाँ ३ जनामा पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका तीनजनामा पुरुषमा संक्रमण पुष्टी भएको हो । उनिहरु २५, ३४ र ४४ वर्षका पुरुष हुन् ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आईसकेपछि निगरानीमा नै रहेको मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

Share.

Leave A Reply