चितवनकी कोरोनाभाइरस संक्रमित महिला काठमाडौंमा, संक्रमितको संख्या २७३

0

चितवन, ३ जेठ : चितवनमा एक महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । चितवनको गढौली निवासी २५ वर्षिया महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तर ती महिला चितवनमा नरहेको जनाईएको छ । ती महिला हाल काठमाडौंमै सम्पर्कमा रहेको उल्लेख गरिएको छ । उनले काठमाडौंमै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराएको जनाईएको छ । ती संक्रमित महिला कहिले काठमाडौं गएकी हुन् भन्ने बारे खुलेको छैन । यस बारे कन्ट्याक्ट ट्रेसिङ हुनेछ ।
यो सँगै आज नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ पुगेको छ ।
बर्दिया नार्खु–११ की २८ वर्षकी महिला, सिराहा सखुवा– १९ का ३० वर्षका पुरुष, वीरगन्ज नगरपालिका–१२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगर–४ का १८ वर्षकी युवती र चितवन गढौलीकी २५ वर्षकी युवतीमा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आईसकेपछि निगरानीमा नै रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

Share.

Leave A Reply