दाङ जिल्लामा पहिलो पटक कोरोना पुष्टि, नेपालमा संक्रमितको सख्या २६७

0

२ जेठ । नेपालमा कोरोना संक्रमितको सख्या २६७ पुगेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् । आज साँझ ९ जनामा कोरोना देखिएको हो ।

यो सँगै आज मात्र १८ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जानकारी दिएअनुसार दाङ जिल्लामै पहिलो पटक तीन जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

दाङको गढवा गाउँपालिका वडा नम्वर ४ र ५ निवासी २३ र ३६ वर्षीय तथा तुलसीपुर ७ निवासी ३४ वर्षीय युवामा कोरोना संक्रमण भएको हो । त्यस्तै पर्सा विरगन्ज निवासी ९, १० वर्षीय वालक, २३ र ४७ वर्षीय महिला, उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष र काठमाण्डौ सतुगल निवासी ७ वर्षीय वालकमा संक्रमण देखिएको सहायक प्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिनुभायो ।

Share.

Leave A Reply