आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमको पूर्णपाठ

0

२ जेठ ।  सरकारले मित्रराष्ट्र भारतसँगको सीमा समस्या समाधानका लागि वार्ताका माध्यमबाट पहल गर्नेभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले ऐतिहासिक सन्धि तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा लामो समयदेखि बाँकी रहेकाले समय समयमा उठिरहेका विषयहरुको समाधान गर्ने बताउनुभयो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र त्यसलाई प्राप्त गर्नका लागि ठोस कूटनीतिक पहल गर्न तदअनुरुप छुटेको भूमिसमेत फिर्ता गरी नेपालको नक्सा जारी गर्ने पनि उहाँले बैठकमा जानकारी गराउनुभयो ।

सरकारले कोभिड–१९ को महामारीसँग लड्नुपरेको अहिलेको विषम परिस्थितिमा मुलुकको समग्र अर्थतन्त्रको उत्थानका लागि कृषि क्षेत्रको व्यावसायिक प्रवद्र्धन, औद्योगिक विकास तथा उत्पादकत्व वृद्धि, राष्ट्रिय गौरवका आयोजनाको तोकिएको समय र लागतमा सम्पन्न गरिने तथा अन्य आयोजनको पुनःप्राथमिकीकरण गरेर अघि बढ्ने पनि उहाँले बताउनुभयो ।

Click the link

नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल

Share.

Leave A Reply