नवलपुरको धौवादी यसपटक पनि सरकारको प्राथमिकतामा

0

प्रेम क्षेत्री
गैंडाकोट, २ जेठ । सरकारले नवलपरासीमा धौवादी फलाम कम्पनीबाट उत्पादन शुरु गरिने यसपटक पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आवश्यक पुर्वाधार निर्माण तथा मेशिनरी जडान गरि धौवादी फलाम कम्पनीबाट उत्पादन शुरु गरिने उल्लेख गर्नुभएको हो ।
राष्ट्रपतिले भन्नुभयो –“सरकारले देशभित्र रहेका खानी स्थलहरुको अध्ययन र अन्वेषण कार्य अघि बढाएको छ । नवलपरासी पूर्वमा धौवादी फलाम कम्पनी स्थापना भएको छ । व्यवसायिक फलाम उत्पादनका लागि फलामको परिक्षण कार्य सम्पन्न भएको छ । आगामी आर्थिक वर्षमा आवश्यक पुर्वाधार निर्माण तथा मेशिनरी जडान गरि धौवादी फलाम कम्पनीबाट उत्पादन शुरु गरिने छ ।” गत वर्ष पनि सरकारले सो कुरालाई नीति तथा कार्यक्रममा समावेश गरेको थियो ।
सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
शुक्रबार आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने बताउनुभयो । उहाँले देशको अर्थतन्त्रलाई उत्पादनशील र सुदृढ तुल्याइने जानकारी दिनुभयो ।
कोभिड–१९ ले राष्ट्रको अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसको पुनरुत्थानका लागि सरकारले विविध कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गरिने बताउनुभयो । आर्थिक गतिविधि बढाउने, उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी गर्ने, फजुुल खर्च घटाउने, विकास–निर्माणको समन्यायिक वितरण, रोजगारीका अवसरको सिर्जनालाई विशेष जोड दिइने राष्ट्रपतिले बताउनुभयो ।
सदनमा राष्ट्रपतिको सम्बोधन अझै जारी छ ।

Share.

Leave A Reply