नीति तथा कार्यक्रम २०७७ /०७८ ः ३ अंकको टेलिफोन गरेपछि घरमै एम्वुलेन्स

0

डोलराज रानाभाट,२ जेठ । सरकारले स्वास्थ्य क्षेत्रको प्राथमिकतालाई उच्च बनाएको छ । आज प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्वोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दे सरकारले ३ अंकको टेलिफोन सर्वाजनिक गर्ने र उक्त नम्वरमा फोन गर्नासाथ एम्वुलेन्स सेवा प्राप्त हुने व्यवस्था मिलाउने बताउनुभयो ।

त्यसका लागि एकीकृत एम्वुलुेन्स सेवा सुरु गर्ने भएको छ । त्यस्तै हरेक स्थानीय तहमा ५ देखि १५ शैयाको आधारभूत अस्पताल स्थापना गरिने र स्थापना भएकाहरुको स्तरोन्नती गरिने,प्रदेश स्तरमा रहेका साविक जिल्ला अस्पताललाई २५ देखि ५० शैयाको अस्पताल र अन्चल अस्पताललाई २ सय शैयाको जनरल अस्पतालमा स्तरोन्ती गर्ने,पोखरा, भरतपुर लगायतमा रहेका अस्पतालबाट उपलब्ध विशिष्टकृत स्वास्थ्य सेवाको विस्तार गरिरहेको र यी केन्द्रीय अस्पतालाइ ५०० शैयाको विशेष अस्पतालमा विकास गरिने जनाएको छ ।

सरुवा रोगथाम नियन्त्रण एवम स्वास्थ्य विपतमा व्यवस्थापन तयारी तथा गरिव तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालबाट निकुल्क सेवा दिने घोषणा गरिएको छ । वडास्तरीय सेवा केन्द्रबाट ४० वर्ष माथिका रक्तचाप अल्वोमिन मधुमेह जाँच गर्ने व्यवस्था गरिने र योग र आयुर्वेदलाई प्राथमिकतामा राखिएको छ ।

प्रमुख राजमार्गमा ट्रमा सेन्टर स्थापना गर्ने, त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गराउने सेवा सुरु भएको र अवको आर्थिक वर्षमा यस अस्पतालमा नेफेलोजी युरोलोजी स्थापना गरिने र सवै प्रदेशमा विस्तार गरिने भएको छ । स्याटेलाईट अस्पताल संचालन गर्ने र सेन्टर फर डिजिज कन्ट्रोलको स्थापना गरिने, औषधी औजार उपकरणको निरीक्षण गर्न फुड एण्ड एडिमेन्ट्रीट गठन गरिने भएको छ ।

Share.

Leave A Reply