राष्ट्रपतिको सम्बोधन फेरियो : ‘मेरो सरकार’ को ठाउँमा ‘यो सरकार’

0

काठमाडौँ, २ जेठ – सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गत वर्ष ‘मेरो सरकार’ भनेर चर्को आलोचना खेपेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष ‘यो सरकार, वर्तमान सरकार’ भनेर सम्बोधन गर्नुभएको छ ।
गत वर्ष सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उहाँले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुभएको थियो । ततपश्चात राजतन्त्रमा जसरी राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको भनेर प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायतले चर्को आलोचना गरेको थिए ।
शुक्रबार आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै भण्डारीले यस वर्ष मेरो सरकाको साटो ‘यो सरकार, वर्तमान सरकार’ भन्नुभएको हो ।
त्यस्तै गत वर्ष सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ‘सभामुख र अध्यक्ष’ मात्र भन्नुभएकी भण्डारीले यस वर्ष ‘सम्माननीय’ पनि थप्नुभएको छ । उहाँले सरकारले दुई वर्षको अवधिमा उल्लेख्य उपलब्धि हासिल गरेको समेत बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आज विश्व समुदाय साझा र अदृष्य शत्रुसँग जुधिरहेका बेला नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणमा समयमै प्रभावकारी र समन्वयात्मक पहलकदमी लिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारको प्राथमिकता बदलिएका छन् । सरकारको अबको प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनः उत्थान हुनेछन् ।” राष्ट्रपति भण्डारीको सम्बोधन जारी छ ।

Share.

Leave A Reply