राष्ट्रपतिलाई संसद्मा स्वागत

0

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आव २०७७÷०७८ को नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रस्तुत गरेपछि अभिवादन गर्दै । सरकारको नीति तथा कार्यक्रम संयुक्त सदनमा पेश गरी पारित गर्ने गरिन्छ । तस्वीरः रत्न श्रेष्ठ

काठमाडौँ, २ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको सम्बोधनका लागि आउनुहुँदा नयाँ बानेश्वरस्थित सङ्घीय संसद्मा स्वागत गरिएको छ ।

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेलगायतले स्वागत गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीमा सम्मानमा सलामी दिइएको थियो ।

बैठकमा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्ति यसअघि उपस्थित भइसक्नुभएको छ ।

राष्ट्रपतिको स्वागतका लागि संसद् सचिवालयले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराउनाका साथै सुरक्षा प्रबन्ध गरेको छ । (रासस)

Share.

Leave A Reply