वन्यजन्तुको आतकंकालाई रोक्न नेपाली भूमिमा काँडेतार हो ः ठोरी गाउँपालिका अध्यक्ष श्रेष्ठ

0

डोलराज रानाभाट, २ जेठ । भारतसँग सीमा जोडिएको पर्साको ठोरी गाउँपालिका वडानम्वर ३ मा लगाइएको काँडेतार सीमाको अतिक्रमण रोक्ने उद्देश्यले नभई वन्यजन्तुको आतक रोक्न लगाइएको गाउँपालिकाले जनाएको छ ।

ठोरी नेपाल भारत सीमामा पर्ने पर्सा जिल्लाको एक गाउँपालिका भएको र गाउँपालिकाका सवै ५ वटै वडाले सीमा छुने भएपनि त्यसरी सीमामा काँडेतार नभई राष्ट्रिय निकुञ्ज र भारतबाट धेरै वन्यजन्तु आएर नोक्सानी पुर्याउन थालेपछि त्यो रोक्न विस २०७४ सालदेखि काँडेतार लगाउन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले विजय एफएमलाई जानकारी दिनुभयो ।

”सवै वडाले सीमा क्षेत्र छुन्छ ”, गाउँपालिका अध्यक्ष श्रेष्ठले भन्नुभयो,“रातारात सीमामा काँडे तार लगाउन मिल्ने कुरा होर ? २०७४ देखि वाली नाली , मानवलाइ समेत हानी गर्न वन्यजन्तु पसेपछि दशगजा क्षेत्र छोडेर यतै नेपाली भूमिमै काँडे तार लगाएको हो । ” तर सीमा अतिक्रमण रोक्न लगाइएको भन्ने सर्वत्र समाचार छ नी भन्ने प्रश्नमा उहाँले भन्नुभयो,“हामीले वन्यजन्तु रोक्न लगाएका हौँ अरु के के रोक्छ मलाई थाहा भएन । ”

सीमा जोडिएको गाउँपालिका भएकाले धेरै जसो पानी लगाउने विषयमा विवाद हुने भन्दै उहाँले सीमामा काँडेतार लगाउने वारे प्रश्न गर्दा त्यो राष्ट्रिय विषय भएको र गाउँपालिकाले मात्रै यसमा केही गर्न नसक्ने बताउनुभयो । ”दुई राष्ट्र देखि अन्तराष्ट्रिय विषय हो यसमा हामीले केही गर्न सक्दैनौँ । राष्ट्रले जे निर्देशन गर्छ हामीले त्यो पालना गर्ने हो । तर अहिले सीमामा काँडेतार होइन आफ्नै भूमिमा हो । वन्यजन्तुको आतक जोगाउन । ”

यता चितवनमा वसेर लामो वसेर रेडियो, अनलाईन पत्रकारितामा रहनुभएका ठोरी गाउँपालिका वडानम्वर २ स्थायी घर भएका पत्रकार सुशिल पन्त क्षेत्रीले पनि सामाजिक संजालमा लामो स्टाटस लेख्दै व्यक्ति चर्चामा आउन वास्तविक विषयवस्तुलाई तोडमोड गरेको बताउनुभयो । उहाँले लेख्नुभएको स्टाटस यस्तो छ, ‘ ठोरी नेपाल भारत सीमामा पर्ने पर्सा जिल्लाको एक गाउँपालिका हो । यहाँ बर्षौदेखी सीमाको बिषयमा नेपाल र भारतबीच विवाद हुँदै आइरहेको छ । कयौं पल्ट दुई पक्षबीच झडप पनि भएका छन् । म यसको साक्षी हुँ । अहिले केही अनलाइनमा ठोरीमा सीमा अतिक्रमण रोक्नका लागि काँडेतार लगाएको भन्ने समाचार आएका छन् । सामाजिक सन्जाल ति समाचारले भरिएका छन् । तर वास्तविकता फरक छ । केही व्यक्तीले आफु चर्चामा आउनका लागि बिषयबस्तुलाई तोडमोड गरेका छन् । अहिले लिपुलेकको बिषयलाई लिएर देशभर चर्चा चलिरहेको छ । यही मौकामा केही व्यक्तीले चर्चा कमाउनका लागि ठोरीमा सीमामा काँडेतार लगाएको भनेर हल्ला फिजाएका छन् । जङ्गली जनावर रोक्नका लागि गरिएको तारबारलाई सीमा अतिक्रमण रोक्नका लागि भनेर प्रचार गरिएको छ । बर्षौदेखी विवाद रहेको ठाउँमा कसैले झ्याप्प लगेर काँडेतार हाल्दियो अनी भारतीयहरु डराएर टुलुटुलु हेरेर बसे होलान् ।

बदेँल छेक्न लगाईएको काँडेतार भारतलाई छेक्न लगाईएको रे ? हैट ! सुन्दै हाँसो लाग्ने । जहाँ आफ्नै भुमिमा बनाएको पुल भारतकै कारण चढ्न नपाउदा बनेको पुललाई टुलुटुलु हेर्दै जोखिम मोलेर खोलाबाट हिड्न वाध्य छन् त्यहि सीमामा काँडेतार, भो ठूलो कुरा नगरौं ।

वास्तवमै सीमामा त्यसरी काँडेतार लगाए कती राम्रो हुनेथियो । तर बिडम्बना ठोरीमा भारतले सीमा मिचेको बिषयमा कसैले खास्सै चासो दिएको छैन भन्नु पर्दा दुस्ख लाग्छ । सीमा मिचिदाको पिडा हामीलाई थाहा छ नि । ल काँडेतार लगाउने नै हो भने त्यही अनुसार पहल गरौं । लिपुलेक कालापानी मात्र होइन ठोरी जस्ता नेपाल भारत सीमामा पर्ने स्थानको बिषय नि उठाऔ । होइन भने बदेँल छेक्न लगाईएको तारलाई भारतीय छेक्न लगाईएको भनेर भ्रम नछरौं । धन्यबाद ‘

Share.

Leave A Reply