गैडाकोट ७ शितलनगरका स्थानीयद्धारा नारायणी नदीले उकासेको बाँझोवारी जोत्न दिन माग

0

डोलराज रानाभाट, १ जेठ, गैडाकोट । गैडाकोट नगरपालिका वडानम्वर ७ शितलनगरका स्थानीयले वाँझो वारी जोत्न पाउनुपर्ने माग गरेका छन् । नारायणी नदिले उकास गरेको सयौँ क्षेत्रफलको जमिन वाँझो हुँदा पनि वडाअध्यक्ष सहित जनप्रतिनिधि र नगपालिकाले पनि उक्त जमिन जोत्न नदिएको भन्दै संघर्ष समितिनै गठन गरी खेती गरेर खानदिन माग गरेका हुन् ।

आज वसेको भेलाले रविन कुमालको अध्यक्षता १७ सदस्यीय समिति गठन गरेर जोतभोग गरी उपभोग गर्न माग गरेका हुन् । सो ठाउँका करिव १५० घरपरिवार त्यही जमिनको भरमा वाँचिरहेको र विस २०५१ सालदेखि जोतभोग गर्दै आएको नदि उकास जमिनमा अहिले जोत्न रोक लगाएपछि संघर्ष समितिनै गठन गर्नुपरेको समितिका सल्लाहकार लक्ष्मीप्रसाद चौधरीले विजय एफएमलाई जानकारी दिनुभयो । हामीले पटक पटक आग्रह गर्दापनि ट्याक्टर ल्याएर जोत्नासाथ पक्राउ गर्ने क्रम वढेपछि आन्दोलित भएका हाँै उहाँले भन्नुभयो, हामीले लालपुर्जा मागेका होइनौँ तर वाँझो जग्गामा खेती गरेर खान पाउनुपर्छ । सोही ठाउँका कृष्ण परियारले पनि सोही जमिनमा उत्पादन गरेर परिवार पाल्दै आएकोमा अहिले रोक लगाउँदा ठूलो समस्या परेको भन्दै वाँझो वारी जोत्न पाउनुपर्ने माग गर्नुभयो ।


वडाले गैडा आतंकलाई रोक्न र त्रिमार्ग निर्माणको उद्देश्यले लालपुर्जा भएका जग्गा छोडेपछिको ३० मिटर पछि पर्खाल बनाउन सुरु गरेपछि उनीहरु संघर्षमा उत्रीएका हुन् । केही समय अघि जंगल क्षेत्रमा गएर खेती गर्न खोज्ने एक परिवार म्याजिक सहित पक्राउ परेका थिए । जंगल क्षेत्रमै गएर हरियाली रुखको जरा काट्ने र पछि काठ नै ढाल्ने गरेको पाइएपछि थप कडाई गरेको वडाले बताएको छ ।
तर चौधरीले भने आफूहरु जंगल क्षेत्रमा नजाने र एउटाको गल्तीका कारण सयौँलाइ भोकै राख्न नपाउने बताउँदै तत्काल वाँझो वारी जोतेर खेती गर्न दिन माग गर्नुभयो । साथै तारजाली गर्ने भए नदि किनारबाट गर्न माग गर्दै यदि कुनै ठूलो उद्योगधन्दा कलकारखाना स्थापना गर्न परे आफूहरुले सहजै उक्त जमिन छोडिदिने पनि चौधरीको भनाई छ । लामो समय देखि विपन्न गरिव सुकुम्वासीले त्यहि जमिनबाट उत्पादन गरेर जिवन चलाउँदै आएकोमा अहिले एक्कासी रोकीदा आफूहरु ठूलो समस्यामा परेको स्थानीयको गुनासो छ ।

यता, वडाअध्यक्ष चोलानाथ उपाध्ययाले पनि जोतभोग गरिरहेको जग्गामा खेती गर्न नरोकेको भन्दै जंगल फडानी गर्दा समस्या सृजना भएको बताउनुभयो । गरिव विपन्न देखेर खेती गर्न दिएका छौँ वडाअध्यक्ष उपाध्ययाले भन्नुभयो तर जंगलनै फाँड्न गएपछि समस्या भएको हो । गैंडा रोक्न अहिले निर्माण भएको वारलाई अप्ठेरो नपारी जोतभोग गर्दै आएको जमिनमा उत्पादन गरेर खान वडाले नरोकेको उहाँले प्रष्ट पार्नुभयो ।

Share.

Leave A Reply