३ जनामा कोरोना पुष्टी, संक्रमितको सख्या २४९ पुग्यो

0

१ जेठ । नेपालमा कोरोना संक्रमितको सख्या २४९ पुगेको छ । आज साँझपख ३ जनामा कोरोना पुष्टी सँगै संक्रमितको सख्या वढेको हो । अघि साँझ स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा काठमाण्डौ दहचोकका ७ वर्षीय पुरुष, जनकपुर धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो सँगै आज एकै दिन ६ जनामा कोरोना देखिएको छ । यस अघि भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा हिजो गरिएको स्वाव परीक्षणमा नवलपुर देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा,काठमाण्डौ चन्द्रागिरीका ३२ वर्षीय पुरुष,कपिलवस्तुकी ६ वर्षीय महिलामा आजै संक्रमण देखिएको थियो ।

Share.

Leave A Reply