गैडाकोट नगर शिक्षा समितिको निर्णय अलोकतान्त्रीक तानाशाही प्रवृत्ति ः नेपाली काँग्रेस गैडाकोट

0

१ जेठ, गैडाकोट । नेपाली काँग्रेस गैडाकोट नगर समितिले नगरपालिकाको शिक्षा समितिले गरेको निर्णय अलोकतान्त्रीक, अदुरदर्शी रहेको भन्दै तत्काल फिर्ता लिई सहज वातावरण सिर्जना गर्न जोडदार माग गरेको छ । गत वैशाख २४ गते गैडाकोट नगरपालिकाको शिक्षा समितिले वडाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष सोही वडाका वडाअध्यक्ष वन्ने गरी समिति गठन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयको विरोधमा यस अघि शिक्षक संघले जारी गरेको प्रेस विज्ञप्तीको ऐक्यवद्धता जनाउँदै तत्काल निर्णय फिर्ता लिई विश्व महामारीको रुप लिएको कोरोना भाइरस कोभिड १९ का कारण सम्पूर्ण विद्यालयका अभिभावक तथा विद्यार्थीहरुमा परेको समस्या समाधानमा केन्द्रीत हुन आग्रह गरिएको छ ।

नगरसभापति तारापती खरेलद्धारा हस्ताक्षर गरी जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ,“विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि रहने प्रावधानलाई उपेक्षा गर्दै गरिएको परीपत्र, नीति, विधि, पद्धती र प्रकृया विपरीत स्वेच्छाचारी ढंगबाट गरिएको व्यवहार कानुन विपरीत मात्र नभई शैक्षिक क्षेत्रमा गरिएको अलोकतान्त्रीक तानाशाही प्रवृत्तिको ज्वलन्त उदाहरण हो । ”

कोरोनाको युद्धमा सवै व्यस्त भइरहेको सन्दर्भमा विद्यार्थीको पढाई, विद्यालयको खुल्ने समय पठन पाठन, अवरुद्ध परीक्षाहरु आदि वारे सोच्नुपर्ने नगरपालिकाको शिक्षा समिति हैकमवादी प्रवृत्ति र चरिबाट ग्रसित भई व्यवस्थापन समिति पुनरगठन गर्ने परिपत्रले सिँगो शैक्षिक जगत नै आक्रोशित र अचम्मीत हुन पुगेको विज्ञप्तीमा भनिएको छ । आफैले बनाएको कार्यविधि विपरीत गरिएको यो निर्णय तत्काल फिर्ता लिन माग गर्दै यदि फिर्ता नगरिए चरणवद्ध कार्यक्रम सहित नेपाली काँग्रेस प्रस्तुत हुने र त्यसको जिम्मेवारी गैडाकोट नगरपालिका र नगरपालिकाको शिक्षा समितिले लिनुपर्ने जनाइएको छ ।

Share.

Leave A Reply