गैडाकोट ४ रानीतालका ८६ घरधुरीलाई ‘विपतमा हामी’ द्धारा खाद्यन्न सहयोग

0

डोलराज रानाभाट, १ जेठ, गैडाकोट । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका गैडाकोट ४ रानीतालका ८६ घरधुरीलाई विपतमा हामी अभियानले खाद्यन्न वितरण गरेको छ ।

दैनिक ज्यादा मजदुरी गरेर परिवार धान्ने घर परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको अभियानका संयोजक गोकुल सापकोटाले जानकारी दिनुभयो । वडाअध्यक्ष कृष्ण प्रसाद न्यौपाने, वडासदस्य तेजप्रसाद घिमिरे सहित अभियानका सह सयोजक गोपाल सापकोटा, आर्थिक संयोजक राम तिवारी, अभियान्ताहरु सरोज चालिसे, किसान गुरुङ सहितको समूहले रानीतालमा रहेको चौताराबाट राहत हस्तान्तरण गरेको थियो ।

खाद्यन्न सँगै अभियानले मास्क समेत वितरण गरेको थियो । यस अघि वितरित राहत सकिएको र दैनिक कार्यहरु पाउन कठीन भएको जानकारी अभियानलाई आएपछि राहत लिएर पुगेको संयोजक सापकोटाले बताउनुभयो । वडामा रहेका विपन्न समुदायलाई राहत स्वरुप सहयोग गरेकोमा वडाअध्यक्ष न्यौपानेले धन्यवाद दिनुभएको थियो ।

हिजो मात्रै अभियानले गैडाकोट १ मा गएर एक जना अपाङ्गता भएका व्यक्तिको घरमा नै पुगेर राहत दिएको थियो । चैत्र ११ गतेदेखि गरिएको लकडाउनका कारण देखिएको कारुणीक दृश्यहरुमा मलम पट्टी गर्ने र पीडामा परेकाहरुको उद्दार तथा राहतको लागि युवाहरुको समूले आफै रकम संकलन गरेर यो अभियान सुरु गरेका थिए ।

सुरुमा वाटोमा अलपत्र यात्रुहरुलाई निशुल्क खाजा, पानी,सर्वत, खाना खुवाउदै सहयोगी वनेको अभियानले अहिले नगरभित्रका विपन्न समुदायलाई आवश्यकताको आधारमा खाद्यन्न सहयोग गर्दै आइरहेको छ । हालसम्म ६ सय वढि घरधुरीलाई राहत वितरण गरिसकेको सापकोटाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply