देवचुलीका कोरोना संक्रमित ट्रकबाट भरतपुर झरेका थिए, नवलपुर नआउदै उनी कोरोना अस्पताल गए

0

symbolic

डोलराज रानाभाट, १ जेठ । नवलपुर जिल्लाको देवचुली नगरपालिका वडानम्वर १२ का ४९ वर्षीय पुरुष भारतबाट ट्रकमा नेपाल आएका थिए । भारतको कलकत्ता हुँदै वैशाख ३० गते उहाँ रक्सौलबाट ट्रकमा आउनुभएको र सोही दिन राति साँढे १० बजे चितवन आएपछि सिधै भरतपुर कोरोना अस्पताल पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । कलकत्ताबाट पनि उहाँ ट्रकमै आएर रक्सौल झर्नुभएको थियो ।

दिउसो ४ बजेतिर रक्सौल आइपुग्नुभएका उहाँ चढेको ट्रक काठमाण्डौ गएको र ट्रक ड्राइभरले संक्रमित व्यक्तिसँग औषधि ल्याएको भन्ने जवाफ दिएका थिए । तर वाटोमा प्रहरीले सोधपुछ धेरै गर्छ भनेर त्यसो भनेका हुन सक्ने आकलन गरिएपनि अहिले ट्रकको नम्वर पत्ता लगाई ट्रक चालकलाई सम्पर्कमा ल्याउने प्रयास जारी रहेको चापागाई ले जानकारी दिनुभयो ।

ट्रकमा ड्राइभर मात्रै रहेको संक्रमित पुरुषले बताउनुभएको छ । वैशाख ३१ गते साँढे ११ बजे संक्रमित पुरुष कोरोना अस्पताल पुग्नुभएको र उहाँलाई त्यही राखेर स्वाव परीक्षण गर्न भरतपुरको कोरोना प्रयोगशला पठाइएको थियो । उहाँको अवस्था सामान्य रहेको र नवलपुर प्रवेश नगर्नुभएकोले त्यति धेरै आत्तिनु पर्ने अवस्था नरहेको चापागाईको भनाई छ । तर उच्च सतर्कताका साथ रहन सवैमा उहाँले आग्रह गर्नुभयो ।

Share.

Leave A Reply