नवलपुरमा पहिलो पटक देखियो कोरोना, देवचुली १२ का एक जना संक्रमित

0

डोलराज रानाभाट, १ जेठ, २०७७ गैडाकोट । नवलपुर जिल्लाका एक जनामा पनि कोरोना भएको पुष्टी भएको छ । भरतपुरमा रहेको कोरोना परीक्षण प्रयोगशालामा हिजो वैशाख ३१ गते गरिएको परीक्षणमा देवचुली नगरपालिका वडानम्वर १२ का एक पुरुषमा कोरोना देखिएको हो । ४९ बर्षिय उक्त पुरुषलाई अहिले भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमित ब्यक्ति भारतको कलकत्ताबाट राती भरतपुर कोरोना अस्पताल आएपछि जाँच गरिएको र रिपोर्ट पोजेटिभ देखिएको हो । उहाँ  बिरगंज रक्सौल नाका हुदै चितवन आइपुग्नुभएको थियो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र नवलपुरमा नआउँदै उहाँलाई भरतपुर कोरोना अस्पताल राखिएको थियो । देवचुलीका उहाँ सँगै नेपालमा कोरोना संक्रमितको सख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply