गैंडाकोट ५ मा विना काम सवारी चलाए २ सय जरिवाना

0


माया कंडेल
गैंडाकोट , जेठ १
कोरोना संक्रमितको संख्या दिनहु बढिरहेको समयमा गैंडाकोट वडा नम्बर ५ ले विना काममा हिडने सवारी साधनलाई २ सय जरिवाना लगाउने भएको छ । टोलसुधार समितिले जरिवाना लिने र टोलकै विकासका लागि त्यो प्रयोग हुने वडाध्यक्ष नवराज कंडेलले जानकारी दिनुभएको छ । कोरोना संक्रमण फैलीएको जिल्ला र रेड जोनबाट आउनेलाई भाडामा बस्न दिनपूर्व जनप्रतिनिधिलाई खबर गर्न पनि वडाध्यक्ष कंडेलले आग्रह गर्नुभएको छ ।


गैंडाकोटमा ५ मा कोरोना संक्रमण हुन नदिन बुधबार छलफल कार्यक्रममा बोल्दै वडा अध्यक्ष नवराज कंडेलल गैंडाकोट ५ मा अब बिना काम हिड्न नपाइने बताउनुभयो । अबबाट मर्निङ वाक पुर्णतः बन्द रहने छ भने अनावश्यक रुपमा प्रयोग गरिएका सवारी साधन र व्यापारीक प्रयोजनका ठेलाहरु टोलमा प्रवेश गरेमा हरेक टोलले कारवाही स्वरुप जरिवाना लगाउने जनाईएको छ ।
छलफल कार्यक्रममा कोरोना बिरुद्ध सचेतना र जरिवाना दुबै आवश्यक रहेको सरोकारवालाले बताएका छन । कोरोना संक्रमितको संख्या दिनहु बढिरहेको यो अवस्थामा हरेक व्यक्ति सचेत हुन आवश्यक रहेको सरोकारवालाले बताएका हुन ।
कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले प्रहरीले सरोकारवाला र जनप्रतिनिधिसंग सहकार्य गर्दै काम गर्ने बताउनुभयो । अनावश्यक रुपमा कोहि पनि बाहिर नहिडन पनि आग्रह गर्नुभएको छ । समाजमा सचेतना फैलाउन वडा र टोलबिकास संस्थाले गरेको कामको प्रशंसा गर्दै प्रहरीको साथ रहने उहाको भनाई छ ।
कार्यक्रममा वडा टोल संजालका अध्यक्ष थानीश्वर रिजालले सबैलाई सचेत बन्न र लकडाउनको पालना गर्न आग्रह गर्नुभएके छ ।
कार्यक्रममा नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेल , भिमबहादुर कुमाल , वडा सदस्य पार्वती सापकोटा , हरि प्रसाद ढकाल , गैंडाकोट ५ मा रहेका १८ वटै टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । टोल बिकास संस्थाका प्रतिनिधिले वडामा लकडाउन कडाई गर्न र बाहिरबाट आएका व्यक्तिलानई क्वारेन्टाईनमा राख्न सहयोग र वडा संग सहकार्य गर्ने बताएका छन ।

Share.

Leave A Reply