देवचुली नगरपालिकामा एक जनामा कोरोना संक्रमणको आंशका, पुष्टि हुन बाँकी

0


देवचुली, १ जेठ । देवचुली नगरपालिकामा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भन्ने खबर बाहिर आएको छ ।

 

चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा देवचुलीका एक जनामा संक्रमण पुष्टि भएको खबर बाहिर आएको छ  ।

स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको नवलपरासी बर्दघाट सुस्तापूर्वका जिल्ला जनस्वास्थ्य अधिकृत केशव चापागाईंले बताउनुभयो ।

 

यता देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भूषालले स्वास्थ्य मन्त्रालयको पुष्टि सहितको विज्ञप्ती नआएसम्म यकिन नभएको बताउनुभयो ।

Share.

Leave A Reply