राष्ट्रिय जनमोर्चा नेपालको गैडाकोटमा विरोध सभा,सम्पूर्ण राष्ट्रवादी एक हुन आह्वान

0

डोलराज रानाभाट, ३१ बैशाख, गैडाकोट । राष्ट्रिय जनमोर्चा नेपाल जिल्ला समिति नवलपुरले लिम्पीयाधुरा लिपुलेक कालापानी हाम्रो हो भन्दै गैडाकोटमा भारतीय ज्यादती विरुद्ध प्रदर्शन गरेको छ ।

नेपाली भूमिमा नेपाल सरकारसँग कुनै पनि छलफल र सल्लाह वेगर सडक बनाएको र चीनले पनि मौनता देखाएको भन्दै पर्याप्त प्रमाणा भएको उक्त भूमि तत्काल फिर्ता गर्न जोडदार माग गरिएको छ ।

नेपाल माथि भारतले गरेको सवैखाले हस्तक्षेप र सिमा अतिक्रणको निरन्तर विरोध गर्दै आइरहेको राष्ट्रिय जनमोर्चाले आज गैडाकोटको काँग्रेस चोकमा आयोजित विरोध सभामा बोल्दै जिल्ला अध्यक्ष दिपक पाण्डेले भारतले गरेको अतिक्रमण विरुद्ध देशव्यापी भएको विरोधलाई समर्थन रहेको जनाउँदै भारतीय अक्रिमण विरुद्ध सवै राष्ट्रवादी एक हुन आह्वान गर्नुभयो ।

अहिलेको केपी ओली नेतृत्व सरकार गुमेका भूमि फिर्ताका लागि पहल गर्नुको सट्टा मातृभूमि जोगाउन सडकमा उत्रिएका नेपाली जनतालाई गिरफ्तार गर्न सक्रिय देखिएको भन्दै यसो नगर्न र तत्काल प्रमाणका साथ कुटिनीतिक पहल थाल्न उहाँले माग गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला तथा नगरका नेता कार्यकर्ताको सहभागीता रहेको थियो भने विश्व महामारीमो रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण हुन सक्ने डरले सामाजिक दुरी कायम गरिएको थियो ।

Share.

Leave A Reply