तत्काल नेपाली भूमि छाड्न भारतलाई नेपाल मगर संघ गैडाकोटको चेतावनी

0

डोलराज रानाभाट,३१ बैशाख, गैडाकोट । भारतीय ज्यादती विरुद्ध आज नेपाल मगर संघ गैडाकोट नगर समितिले विरोध सभा गरेको छ ।

नेपाली भूमिको प्रयोग गरेर मानसरोवर जाने वाटो वनाई चीन सँग सीमाना जोडेको भन्दै तत्काल लिपुलेक, कालापानी लगायत मिचिएका सवै भूमि फिर्ता गर्न माग गर्दै नेपाल मगर संघले गो व्याक इन्डीया, नेपाली जनता जिन्दावाद, भारतीय विस्तारवाद मुर्दावाद लगायतका नारा लगाउँदै गैडाकोटको काँग्रेस चोकमा सभा गरेर विरोध जनाएको हो ।


कार्यक्रममा बोल्दै नगर अध्यक्ष दुर्गा वहादुर मसराङ्गी मगरले नेपाली आमा माथि गरिएको ज्यादतीलाई सहन नसकी सडकमा आउनु परेको भन्दै मिचिएका सवै भूमि फिर्ताका लागि तत्काल कुटनीतिक पहल गर्न सरकारसँग जोडदार माग गर्नुभयो ।

यदि नेपाल मगर संघले उठाएको कुरालाई सरकारले नसुन्ने र मिचिएका भूमि फिर्ता नभए देशैभर विरोध सभा गर्ने बताउँदै आफ्नो मातृभूमि एक इन्च गुम्न पनि नदिने अरुको पनि नलिने बताउनुभयो ।

कार्यक्रममा वोल्दै उत्तम वकावलले अहिलेको सरकारले कालापानी लिपुलेक लिम्पियाधुरा फिर्ताका लागि ठोस पहल नगरेको भन्दै ज्यादती अन्त्य गर्न भारतलाई चेतावनी र नेपाल सरकारलाई कुटनीतिक पहल थाल्न आग्रह पनि गर्नुभयो । कार्यक्रममा मगर संघका प्रदेश, जिल्ला र नगरका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो भने कोरोनाको संक्रमण हुन सक्ने आशंकामा सामाजिक दुरी कायम गरिएको थियो ।

Share.

Leave A Reply