निको भएर घर फर्किइन् चितवनकी कोरोना संक्रमित महिला

0

डोलराज रानाभाट,३१ बैशाख, गैडाकोट । चितवन कोरोनामुक्त जिल्ला भएको छ । दुई जना संक्रमित देखिएको जिल्लामा पछिल्लो कोरोना संक्रमित एक महिलालाई पनि निको भएपछि आज डिस्चार्ज गरिएको छ ।

चितवन राप्ती नगरपालिका–८ का एकै घरपरिवारमा कोरोना देखिएपछि भरतपुरमा उपचार गराइरहेकी उहाँको पछिल्लो दुई पटक गरिएको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो । उहाँको २७ वर्षीय छोरामा भने यसअघि नै कोरोना निको भएको थियो । दुवै आमा छोरा गत चैत ३ गते बेलायतबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए । अव चितवनमा कोरोना संक्रमित विरामी कोही पनि रहेका छैनन् ।

यस अघि पाँच पटकसम्म परीक्षण गर्दा लगातार रिपोर्ट पोजिटिभ आएको थियो । तर पनि उहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको थियो । आमा छोरामा गत वैशाख ४ गते भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनीहरुको स्वाब पुनः टेकु प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा पनि पोजिटिभ देखिएपछि वैशाख ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित भएको पुष्टि गरेको थियो ।

Share.

Leave A Reply