‘विपदमा हामी ‘ अभियान का लागि देखिएको फरक दृश्य

0

डोलराज रानाभाट, ३१ बैशाख,गैडाकोट । गैडाकोट नगरपालिका वडानम्वर १ का केशर वहादुर रानाभाटको घर पक्की छ । एक तले घर छ । कतारमा गएर दु:ख गरी कमाएको पैसाले

घर बनाउन सफल रानाभाट काम गर्ने क्रममा अचानक ढलेर वेहोस हुनुभयो । हृदयघात भएको उहाँलाई धेरै खर्च गरी उपचार पछि अहिले अपाङ्ताको जीवन विताइ रहनुभएको छ ।

नेपालमा आएपछि पनि धेरै संघसंस्था व्यक्तिको सहयोगमा उपचार पछि दुई छोरी र श्रीमतीको साथमा दुख सुख जिवन विताइरहनु भएको उहालाई लकडाउनका कारण दैनिकी संचालनमा समस्या भयो । उहाँ आफूले काम गर्न सक्नु हुन्न भने श्रीमतीले ज्याला मजदुरी गरेर परिवार धानीरहनुभएको थियो तर त्यही काम पनि रोकिएपछि समस्यामा पर्नुभएको उहाँको परिवारलाई विपतमा हामी ले आज खाद्यन्न सहयोग गरेको छ । जो वास्तवमै समस्यामा छ उक्त व्यक्तिको फोनको आधारमा विपतमा हामीले अहिले खाद्यन्न सहयोग गर्दै आइरहेको छ । रानाभाटको परिवारको बारेमा पनि जजुवा टोल विकास संस्थाकी महिला अध्यक्ष लीला गिरीले खवर गरी सहयोग गर्न आग्रह गरेपछि विपतमा हामी टोली तत्काल खाद्यन्न लिएर घरमै पुगि हस्तान्तरण गरेको हो ।

यसरी घरमै पुग्दा अपनाउनु पर्ने स्वास्थ्यका मापदण्डको पालना सहित सामाजिक दुरी कायम गर्ने गरिएको पनि सापकोटाले बताउनुभयो । लकडाउन पछि दैनिक पूर्व पश्चिम राजमार्गमा विजोग अवस्थामा जनतालाई देखेपछि अभियान्ता गोकुल सापकोटालाई उनीहरुको सहयोग र उद्दार नगरी मनले मानेन अनि सोच आयो अभियान गठन गर्ने । जसको नाम रह्यो ‘विपतमा हामी’ । अहिले विपतमा हामी जस्तो नाम छ त्यो भन्दा माथि रहेर काम गरिरहेको छ ।

राज्यको एकद्धारा प्रणालीलाई पालना गर्दै वास्तवमै समस्यामा रहेका जनतालाई सहयोग गरिरहेको छ । अभियानका संयोजक गोकुल सापकोटा, आर्थिक संयोजक रामनाथ तिवारी, अभियान्ता खगराज कडेँल र अमृत श्रेष्ठ सहितको समूह घरमै गएर सामाग्री हस्तान्तरण गर्दै आगामी दिनमा पनि असहज परिस्थिती कायमै रहे फोन गर्न आग्रह गर्दै टोली फर्किएको थियो ।

वडाअध्यक्ष हरिप्रसाद सापकोटालाई जानकारी गराएर उक्त सहयोग हस्तान्तरण गर्दा टोलविकास संस्थाकी महिला अध्यक्ष गिरी पनि धेरै खुशी देखिनुभयो । उहाँले फोनकै भरमा आफ्नो टोलमा रहेका परिवारको अवस्था वुझेर सहयोग गर्ने अभियान्ताहरुलाई धन्यावाद दिँदै आफूहरुले टोलबाट पनि सकेको सहयोग गरेको बताउनुभयो । दुई जना छोरी रहेका रानाभाटले पनि समस्यामा रहेको आफूहरुलाई सहयोग गरेकोमा धन्यवाद दिनुभएको थियो ।

           बाटोमा देखिएको त्यो दृश्य

उक्त परिवारलाई राहत वितरण गरेर फर्किएको सानो गाडी भृकुटी चोकबाट दाईने तर्फ मोडियो अनि त्यहाँ देखिनुभयो एक महिला जो यही अभियान्ताहरुलाई पर्खेर वस्नुभएको थियो । अभियान्ता गोकुल सापकोटा, रामनाथ तिवारी, खगराज कडेँल र अमृत श्रेष्ठलाई पर्खिएर वस्नुभएको उक्त महिलाले हातमा हजारका केही नोट ल्याएर अभियान्ताहरुलाई हातमा थमाउनुभयो ।

उहाँ हुनुहुन्थयो गैडाकोट २ की शारदा ढकाल । केही समय पहिले पैसा मागेर अभियान चलाएको भएर वन्द गर्न भनिएको गाईगुई सुनीरहेको भएर मैले प्रश्न गरिहाल्न नपाउँदै उहाँले भन्नुभयो, “तपाईहरुले गरेको कार्यले मलाई सहयोग नगरी वस्नै मन लागेन । अहिलेको संकटमा धेरैले दैनिक रोजगारी गुमाएर समस्यामा छन् । कतिले खान नपाएको गुनासो म आफै सँग गरे । वडाले दिएको राहतले केही दिनलाई मात्रै पुग्यो भने । अनि मैले विपतमा हामी अभियानलाई सम्झना साथ यहाँ आएर ती परिवारलाई राहत दिनुभयो । अनि मलाई पनि सहयोग गर्न मन लागेर दिइएकी हुँ । कसैले करकाप गरेको छैन ।”

ठेला चलाउनी, दैनिक काम गुमेकालाई राहत दिएको देखेपछि सहयोग गरेको भन्दै जो रोग भोगले समस्यामा छन् उनीहरुलाई गरेको सहयोगमा मेरो पनि अलिकत योगदान मिसियोस् भन्ने चाहानाले सहयोग गरेको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । ढकाले जस्तै सयौँले स्वतस्फूर्त सहयोग गरेकै कारणले अभियानले गती लिएको सापकोटाले बताउनुभयो ।

अभियानले जसले फोन गरेपनि रेस्पोन्स गर्ने र वास्तविकता वुझेपछि जनप्रतिनिधिको रोहवरमा राहत वितरण गरिरहेको छ । अभियानले दुर दराजका आवाज सुन्न र आफ्नो समस्या व्यक्त गर्न सकुन् भनी सामुदायिक रेडियो विजय एफएममा हरेक दिन विहान ९ बजेपछि कार्यक्रम समेत संचालन गर्दै आइरहेको छ ।

अव छिट्टै देशका अन्य समस्या समाधान र सचेत गराउने तर्फ पनि कार्यक्रमहरु गर्ने योजनामा रहेको अभियानका संयोजक गोकुल सापकोटाले बताउनुभयो । राजनीतिक विचारधारबाट पनि माथि उठेर उहाँहरु चार सहित धेरै युवाहरु  विपतमा परेकाहरुलाई हाँसो छर्न लागि परिरहेको छन् ।

आर्थिक संयोजक तिवारी भन्नुहुन्छ,“ भोक र संकटमा न पार्टी हुन्छ, न कुनै जात धर्म लिङ्ग वा कुनै । यो समय मात्र दैनिकी चल्नुपर्छ र चलाउन नसक्नेहरुलाई सक्नेले सहयोग गर्नुपर्छ । यही मन्त्रका साथ हामी अभियान लिएर यात्रा गरिरहेका छौँ ।”

चैत्र महिनाबाट सुरु भएको अभियानले अहिले सम्म साँढे ५ सय घरधुरीलाई राहत वितरण गरिसकेको छ । अभियान गठन सँगै सुरुमा अलपत्र यात्रुलाई खाना, सर्वत, पानी, खाजा निशुल्क उपलब्ध गराउँदै साइकलबाट गैडाकोट नगर पार गराउने कार्यमा सक्रिय रहेको थियो । नगरका वडाभित्र डिसइन्फेक्स छर्ने कार्य सकाएको अभियानले गैडाकोट १८ का मृगौला पीडितलाई ५ हजार ६ सय नगद पनि यही वीचमा सहयोग गरेको छ ।

Share.

Leave A Reply