नवलपुरका २० स्वाव नमूना परीक्षणको नतिजा नगेटिभ

0

तस्बिर ः पत्रकार दिपक भट्टराईको फेसबुकबाट

३१ बैशाख, गैडाकोट । नवलपुरबाट हिजो पठाइएको २० जनाको स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । जिल्लाको बुलिङटार गाउँपालिकाका बाहेक सातवटै पालिकामा भारत तथा संक्रमण फैलिएका क्षेत्र बिरगञ्ज,पर्सा, उदयपुर लगायतका स्थानबाट आउनेहरुको स्वाव संकलन गरी परीक्षणको लागि भरतपुर स्थित कोरोना परीक्षण प्रयोगशाला पठाइएको थियो । ती सवैको नतिजा नगेटिभ आएको हो ।

त्यस्तै जिल्लामा मंगलवार १४ जनाको र्या्पिड टेष्ट भएको छ । यो सँगै नवलपुरमा र्या्पिड टेष्ट गर्नेको संख्या १ हजार ६५ पुगेको छ । यी सबै गरिएका परिक्षण नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । आज गरिएको आरडीटीमा गैंडाकोटका १ जना, देबचुलीका २ जना, मध्यबिन्दुका ४ जना, बिनयी–त्रिबेणीका २ जना, हुप्सेकोटका २ जना र जिल्ला अस्पतालमा ३ जनाको गरी जम्मा १४ जनाको परिक्षण भएको हो ।

नेपालमा कोरोना संक्रमितको सख्या २१७ पुगेको छ । हिजो ८३ जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको सख्या वढेको हो । हिजो देखिएका कोरोना संक्रमितमा एक जना नर्स र २ जना पत्रकार समेत रहेका छन् । यता चितवन राप्ती नगरपालिका–८ की ६३ वर्षीया कोरोना संक्रमित महिला निको हुनुभएको छ । लगातार दुई पटक गरिएको परीक्षणमा कोरोना रिपोट नेगेटिभ आएपछि उहाँलाई आज डिस्चार्ज गर्ने तयारी छ । उहाँका २७ वर्षीय छोरा भने यस अघिनै निको भई डिस्चार्ज भइसकेका छन् ।

सरकारले कोरोना आशंकामा गरिने स्वाव परीक्षणका लागि आवश्यक किट पठाएपछि भरतपुरमा रहेको प्रयोगशालाको काम सुरु भएको छ । हिजो गरिएको ८२ जनाको कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट नेगेटिभ आएको छ । सोमबार लिइएको २७ वटा नमूना र मंगलबार लिईएको ५५ वटा नमूनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply