सेवा प्रवाह गर्दा २ मिटरको भौतिक दुरी अनिवार्य गर्न (डीसीसीएमसी) चितवनको निर्देशन

0

डोलराज रानाभाट, ३० बैशाख । जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) चितवनको आज बसेको बैठकले कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि थप कदम चालेको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अध्यक्षतामा वसेको बैठकले सेवा प्रवाह गर्दा २ मिटरको भौतिक दुरी अनिवार्य कायम राख्न निर्देशन गरेको छ । सेवाग्राही सेवा लिन जाने बैक तथा वित्तिय संस्था, अस्पताल, सरकारी कार्यालय, पसलहरु लगायत सबै स्थानमा २ मिटरको भौतिक दुरी अनिवार्य रुपमा कायम गर्ने, सेवा प्रदायक तथा सेवाग्राही सबैले साबुन पानिले ६० सेकेन्ड सम्म हात धोएर वा सेनिटाइजर प्रयोग गरेर मात्र भित्र प्रवेश गर्ने,सेवा प्रदायकले प्रत्येक दिन लगाएको पोषाक अनिवार्य रुपमा पोषक धोएर सुकाएर निर्मलीकरण गरिसकेपछि मात्र पुन प्रयोग गर्ने । मास्क तथा ग्लोव्स लगाउने,सार्वजनिक स्थलमा प्रवेश गर्ने हरेक मानिसहरुले मास्क अनिबार्य रुपमा प्रयोग गर्नुपर्ने निर्णय गरेको हो । हालसम्म जिल्लामा लकडाउनको कार्यानवन्यनको अवस्था सन्तोषजनक रहेको भन्दै जेठ ५ गतेसम्म थप कडाईका साथ लागु गर्ने निर्णय भएको हो । साथै नेपाल सरकारले खोल्न अनुमित दिएको उद्योगहरु संचालन गर्ने पनि आजको बैठकले निर्णय गरेको छ ।

Share.

Leave A Reply