नगरको शिक्षा समितिको निर्णय फिर्ताको माग गर्दै गैडाकोट नगरप्रमुख उपप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

0

३० बैशाख । नेपाल विद्यार्थी संघ नवलपुरले गैडाकोट नगरपालिकाको शिक्षा समितिले गरेको निर्णय विरुद्ध आज ज्ञापन पत्र वुझाएको छ ।

गत वैशाख २४ गते बसेको नगरपालिकाको शिक्षा समितिले सम्वन्धित वडाको सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सोही वडाको वडाअध्यक्षलाई जिम्मा दिने गरी ५ सदस्यीय समिति गठन गर्न गरेको निर्णयको विरोध गर्दै आज नगरप्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णु कुमारी कडेँललाई ज्ञापन पत्र वुझाएको हो ।

नेविसंघको ज्ञापन पत्र

नगरपालिका आफैले बनाएको कार्यविधिको वर्खिलाप हुनेगरी शिक्षा जस्तो पवित्र ठाउँमा राजनीति गर्न गरिएको निर्णय लज्जावोधको विषय भएको भन्दै फिर्ता लिन माग गर्दै ज्ञापन पत्र वुझाएको हो । यता नगरप्रमुख छत्रराज पौडेलले भने अन्तरिम समयका लागि गरिएको निर्णय भएकाले कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

शिक्षा समितिले गरेको निर्णय

 

.

 

Share.

Leave A Reply