नेपालमा पत्रकारलाई पनि कोरोना देखियो, सचेत रहन महासंघको आग्रह

0

३० बैशाख । आज एकै दिन ५७ जनामा कोरोना भाइरसका संक्रमित देखिएको मध्ये कम्तिमा दुइ जना पत्रकार रहेको र अन्य पत्रकारहरुको पनि परीक्षण जारी रहेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासचिव रमेश विष्टले आज विज्ञप्ती जारी गर्दै कोरोना भाइसरबाट सञ्चार क्षेत्र प्रभावित हुन पुगेको खवरले महासंघ दुःखी रहेको भन्दै पत्रकारहरुका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्न माग पनि गर्नुभयो ।

विज्ञप्तीमा भनिएको छ ,“आज सरकारले घोषणा गरेका ५७ जना कोरोना भाइरस संक्रमितमध्ये कम्तिमा दुई जना पत्रकार संक्रमित हुन पुगेका छन् भने अन्य पत्रकारको स्वास्थ्य परीक्षण भैरहेको छ । यो संवेदनशील घडीमा सीमित स्रोत, साधन र अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिएर पेशागत धर्म निभाइरहेका पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ । महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ । ” उनीहरु कुन जिल्लाका पत्रकार थिए भन्नेवारे भने केही खुलाइएको छैन ।

Share.

Leave A Reply