नवलपुरमा भर्नाको नाउँमा पैसा नलिन अनुरोध, घरदैलो गरे कानुनी कारवाही

0

३० बैशाख, गैडाकोट । शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले विद्यार्र्थी भर्नाको नाउँमा पैसा असुल गरे कडा कारवाही गर्ने भएको छ । इकाइ प्रमुख कृष्णचन्द्र पोखरेलद्धारा जारी गर्नुभएको अनुरोधमा विद्यालयहरुलाई भर्नाको नाउँमा रकम नलिन अनुरोध गर्दै फोन , अनलाइनका साधन, अभिभावक भेटघाट आदि गरेर रकम लिएको पाइए प्रचलित कानुन वमोजिम कारवाही गरिने बताइएको छ । साथै पैसा असुल गरी अनलाइन कक्षा संचालन नगर्न अनुरोध गर्दै विल पठाउने र पैसा असुल गर्ने जस्ता कृयाकलाप भएको पाइए कारवाही गरिने जनाइएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ का कारण विद्यार्थीहरुमा परेको समस्यालाई ध्यानमा राखेर प्रविधिमैत्री विधिबाट अध्यापन र अध्ययनमा जोड दिन पनि अनुरोध गरिएको छ ।

Share.

Leave A Reply