नवलपुरमा ७५ जनाको स्वाव परीक्षण सकियो, गैडाकोटमा २४ जना

0

२९ बैशाख । नवलपुरमा आजसम्म ७५ जनाको स्वाव परीक्षण सम्पन्न भएको छ । सवैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

जसमध्ये गैडाकोटमा २४ जनाको स्वाव परीक्षण गरिएको र सवैको नतिजा नेगेटिभ आएको छ । यस्तै आज २६ जनाको र्या्पिड टेष्ट भएको छ । योसँगै नवलपुरमा र्या्पिड टेष्ट गर्नेको संख्या १ हजार ५१ पुगेको छ ।

सवैको रिपोर्ट नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । आज गरिएको आरडीटीमा गैंडाकोटका २ जना, कावासोतीका २२ जना, र हुप्सेकोटका २ जनाको गरी जम्मा २६ जनाको परिक्षण भएको हो ।

पछिल्लो पटक ४ जनाको स्वाव परीक्षण गरिएकोमध्ये ३ जना गैंडाकोटका र १ जना कावासोतीका चितवनका बिभिन्न अस्पतालमा भर्ना भएकोमा शंका लागी स्वाव परीक्षण गरि परीक्षणपछि रिपोर्ट नेगेटिभ आएको हो । योसँगै नवलपुरका ७५ जनाको पिसीआर बिधिवाट कोरोना परीक्षण भएको छ ।

Share.

Leave A Reply