आज एकै दिन २४ जनामा कोरोना, संक्रमितको संख्या १३४ पुग्यो

0

२९ वैशाख, गैडाकोट ।आज मात्रै नेपालमा थप २४ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यस संगै कोरोना संक्रमितको कुल सख्या १३४ पुगेको छ । आज कपिलवस्तुमा १६,रुपेन्देहीमा ६,बर्दियामा १ र सप्तरीमा एक जना संक्रमित भेटिएका हुन् । १३ जनाको संक्रमितहरुको थप विवरण आउन वाँकी रहेको छ ।

१३ जना नयाँ संक्रमित भेटिनु अघिको तथ्याङ्क अनुसार प्रदेश ५ मा सबैभन्दा बढी ४० जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७ , गण्डकी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।

आज कोसी अस्पताल विराटनगरमा उपचाररत २ जना संक्रमित डिस्चार्ज भएका छन् । भोजपुरका २६ वर्षका पुरुष १८ औं दिनमा र झापाका ४८ वर्षका पुरुष १५ औं दिनमा डिस्चार्ज भएका हुन् । देशका विभिन्न अस्पतालमा १ सय ५३ जना शंकास्पद बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । पीसीआर विधिबाट परीक्षणको दायरा वढाउन व्यापक जोड दिएपछि सरकारले अहिले यसलाई प्राथमिकतामा राखेको छ ।

२४ घण्टाभित्र २ हजार ७ सय ९९ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै आजसम्म पीसीआर विधिबाट १७ हजार ८ सय ९ जनाको कोरोना संक्रमण परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । यसैविच कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका सप्तरीका युवक लकडाउनको बेला चितवनबाट पैदल हिँडेर गएको पाइएको छ । चितवनमा मजदुरी गर्ने उहाँ सहित १३ जना पैदल हिँडेर ९ वैशाखमा सप्तरी पुगेको र थप कन्ट्राक्ट टे«सिङ भइरहेको बताइएको छ । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेसँगै आज साँझदेखि जिल्ला सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साँझदेखि आउँदो जेठ ५ गतेसम्म जिल्ला सिल गर्ने निर्णय गरेको हो ।

Share.

Leave A Reply