अवको बजेट कृषि र पशुपालनमा केन्द्रीत गरिन्छ ः गैडाकोट उपमेयर कडेँल

0

२९ वैशाख । गैडाकोट नगरपालिकाले कृषि उत्पादन र पशुपालनमा केन्द्रीत गराएर आगामी बजेट ल्याउने भएको छ । गैडाकोट नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी कडेँलले आज गण्डकी प्रदेश भरका उपप्रमुखहरुवीच भएको अनलाईन छलफलमा अव विदेशबाट आउने युवाहरु र यही रहेका वेरोजगारी जनताहरुलाई केन्द्रमा राखेर बजेट निर्माणको थालनी गर्ने बताउनुभयो ।

युएनडीपी नेपालको आयोजनामा भएको उक्त छलफलका क्रममा उपप्रमुख कडेँलले गैडाकोटमा फर्कदै गरेका युवाहरुलाई उत्पादन मुखि कार्यमा लगाउने र त्यसका लागि कृषि, पशुपालन क्षेत्रमा लगानी वढाउने र महिलाहरुलाई लघुउद्यम तथा सहकारी मार्फत व्यवसायीक वनाउन लगानी गर्ने गरी अवको कार्यक्रम बन्ने बताउनु भएको हो ।

यस्तै नगरभित्र हालसम्म २४ जनाको कोरोना आशंकमा पीसीआर विधिबाट र १२६ जनाको आरडिटीबाट परीक्षण भइसकेको भन्दै सवैको अवस्था सामान्य रहदै रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । स्वास्थ्यकर्मी र जनप्रतिनिधिको खटाई ले अहिले सम्म कोरोना संक्रमित भित्रन नपाएको भन्दै लकडाउनका कारण समस्यामा परेका जनताको लागि राहत लगायतमा ३८ लाख वढि खर्च भएको बताउनुभयो । नगरपालिकाले स्थापना गरेको विपत कोषमा हालसम्म ७२ लाख ५७ हजार १९९ रुपैया जम्मा भएको उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply