उपमेयर कडेँलद्धारा प्रस्तावित पितौजी अस्पताललाई पिपिई सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

0

डोलराज रानाभाट,२९ बैशाख, पितौजी, गैडाकोट । गैडाकोट नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी कडेँल सापकोटाले प्रस्तावित नगर अस्पताल पितौजीघाट गैडाकोट ११ लाई पिपिई सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

नवलपुर क्षेत्रनम्वर १ का संघीय सांसद एवम नेपाली काँग्रेसका महामन्त्री डा. शसाकं कोइरालाले उपलब्ध गराउनुभएको ५ थान पिपिई,२५ थान एन ९५ मास्क र ५ सय थान सर्जिकल मास्क डा. रमेश प्रसाद आचार्यलाई उपमेयर कडेँलले हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै उपप्रमुख कडेँलले विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको क्रममा विरामीको अग्रपक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीहरुको लागि नभई नहुने अत्यावश्यकीय सामाग्री सहयोग गर्ने सांसद डा. कोइरालालाई धन्यावाद दिँदै आफूले आइसोलेशन कक्ष भएको ठाउँमा नै सामाग्री दिनुपर्छ भनी हस्तान्तरण गरेको बताउनुभयो ।

पितौजीघाटमा स्थापना भएको आइसोलेसन वार्ड हेर्न गोरखाबाट डा आचार्य आउनुभएको र उहाँ सहितको समूहले कोरोना विरुद्ध गरेको कामलाई सम्मान गर्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न पाउँदा आफूलाई पनि खुशी लागेको बताउनुभयो । पीपीई र एन ९५ मास्क अझैपनि धेरै ठाउँमा अभाव भएको सुन्नमा आएकाले पनि पितौजीमा यसको अभाव हुन नदिन आफू सतर्क रहेको भन्दै उपप्रमुख कडेँलले संघीय सांसद डा शंसाक कोइराला पनि यस विषयमा चासो व्यक्त गर्नुभएको बताउनुभयो ।

साथै नगरभित्र हालसम्म कोही पनि कोरोनाको विरामी नहुनुमा सवै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको खटाई, मेहनत र लगाव रहेको भन्दै धन्यवाद दिनुभयो । साथै कोही व्यक्ति तेस्रो मुलुकबाट आए तुरुन्त नजिकको क्वारेनटाइनमा लैजान जनतालाई उहाँको सुझाव छ । स्वास्थ्य सामाग्री ग्रहणपछि वोल्दै डा. आचार्यले आफूलाई आइसोलेसन कक्ष हेर्नैका लागि नेपाल सरकारले खटाएको भन्दै सांसद डा कोइरालाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले ठूलो सहयोग मिलेको बताउनुभयो ।

सो अवसरमा उपप्रमुख कडेँलले गैडाकोट ११ ले तयार पारेको क्वारेनटाइनमा रहेका व्यक्तिहरुसँग भेट गरी अवस्थावारे वुझ्नुभएको थियो । कार्यक्रममा गैडाकोट ११ का वडाअध्यक्ष गोविन्दप्रसाद सुवेदी, गैडाकोट स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक इन्द्रराज सापकोटा, प्रस्तावित नगर अस्पतालका उपाध्यक्ष शेषकान्त देवकोटा,सदस्य वावुराम पराजुली, शोभा श्रेष्ठको सहभागीता थियो । कार्यक्रमको हेल्थ असिस्टेण्ट माधव आचार्यले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply