विपतमा हामी अभियानले गैडाकोट २ का ४० विपन्नलाई दियो राहत

0

२८ बैशाख । विपतमा हामी अभियानले गैडाकोट २ का विपन्न ४० घरपरिवारलाई आज राहत वितरण गरेको छ । लकडाउन जारी पश्चात जनताको चुलो बोल्न रोकिनु हुन्न भन्ने उद्देश्यले स्थापना भएको अभियानले वडाको समन्वयमा जनप्रतिनिधिहरु प्रकाश सापकोटा, यदु सापकोटा, सावित्रि दली परियार साथै अभियानका अभियान्ताहरु को उपस्थितीमा राहत वितरण गरेको संयोजक गोकुल सापकोटाले जानकारी दिनुभयो । अभियानले ४० घरपरिवारका लागि ३०० केजि चामल, २५ केजि दाल, १०० प्याकेट मस्यौरा वितरण गरेको हो । जहाँबाट सहयोग गर्नुपर्ने जानकारी आउँछ त्यसपश्चात त्यहाँका जनप्रतिनिधिहरुसँग छलफल गरेर मात्रै राहत वितरण गर्दे आइरहेको सयोजक सापकोटाले जानकारी दिनुभयो । साथै विजय एफएमबाट हरेक दिन विहान ९ बजेपछि प्रशारण भइरहेको रेडियो कार्यक्रममा आफू समस्यामा परेका नगरवासीले समस्या बताए सोही अनुसार राहत सहयोग गर्नेपनि संयोजक सापकोटाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply