गैंडाकोट ६ द्धारा वडाभित्रका ४ सय वढि अति विपन्न परिवारलाई राहत वितरण

0

२८ ,वैशाख, गैंडाकोट । विश्वव्यापी फैलिएको कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लक डाउनका कारण कठिन अवस्थामा रहेका गैंडाकोट वडा नम्बर ६ का दैनिक ज्याला मजदुरी गरी जिवन धान्ने तथा विपन्न परिवारलाई दोस्रो चरणको खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

गैंडाकोट वडा नम्बर ६ मा रहेका स्वावलम्बन टोल विकास संस्था, शिवनगर टोल विकास संस्था ,भाग्य दय टोल विकास संस्था, ज्ञानज्योति टोल विकास संस्था, सृजनशील टोल विकास संस्था र सगरमाथा टोल विकास संस्था भित्र रहेका अति विपन्न परिवार तथा दैनिक ज्याला मजदुर गरेर आफ्नो गुजारा चलाउने ४४२ घर धुरीलाई चामल , आटा, तेल , सोयाबिन ,साबुन लगायतका सामग्री वितरण गरिएको वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले जानकारी दिनुभयो । अझै दुई वटा टोलविका सस्था वाँकी रहेको र त्यहाँ भोलि राहत वितरण गर्ने वडाअध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

वितरण गरिएको खाद्यान्न सामग्री उद्योग वाणिज्य संघ गैंडाकोट , भिडिआरसी, जय श्री फूड, मुनाल फुड्स , हरी प्रसाद कंडेल गैंडाकोट ६,सफा सुन्दर हरियाली अभियान गैंडाकोट , नन्दन सामुदायिक वन , गैंडाकोट नगरपालिका कार्यालय र वडा कार्यालय गैंडाकोट ६ बाट प्राप्त भएको सहयोगलाई राहत स्वरुप विपन्न जनतालाई वितरण गरेको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रम सामाजिक दूरी कायम गर्दै प्रत्येक टोल विकास संस्थालाई फरक फरक समयमा विजयनगर खानेपानी को सभाहलमा वडाले दिएको कुपन साथमा लिएर आउने र आफ्नो नामको राहत लिएर जाने व्यवस्था मिलाइएको राहत कार्यक्रमको सहजीकरण गर्नुभएका युवा समाजसेवी मदन गौतमले बताउनुभयो ।

यस अघि गरिएको पहिलो चरणको राहत वितरण कार्यक्रममा ४१७ घर परिवारले राहत स्वरुप खाद्यान्न सामाग्री प्राप्त गरिसकेको युवा समाजसेवी तेजेन्द्र चालिसेले जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रम मा वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा ,नगरपालिका वडा नम्बर ५र ६ का वडा सचिव मणिरत्न सापकोटा, विजयनगर पम्पिङ खानेपानी का अध्यक्ष सुभाष चापागाईं , नेकपा वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष नारायण प्रसाद सापकोटा , नेपाली कांग्रेस वडा नम्बर ६ अध्यक्ष हेमलाल सापकोटा , युवा व्यवसायी तथा समाजसेवी मदन गौतम, लक्ष्मण चापागाईं , दिनुराम सापकोटा , युवाहरु प्रकाश भुषाल , अशोक चालिसे , वडा नम्बर ६ मा रहेका विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply