आजबाट प्रिबजेट छलफल

0

२८ बैशाख । बैशाख २६ गतेदेखि सुरु भएको बजेट अधिवेशनमा आजबाट भने प्रिबजेट छलफल हुने भएको छ । आज ११ बजे बस्ने गरी उक्त दिनको बैठक स्थगित भएको थियो ।

आज ११ बजे प्रतिनिधिसभा र दिउसो १ बजे राष्ट्रिय सभाको बैठक वस्ने छ । सो बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्ने र त्यसैमा रहेर छलफल हुनेछ ।

यसरी प्रस्तुत गरिने प्रस्ताव माथि तीन दिनसम्म छलफल हुने छ । नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्ने परिपाटी रहेपनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने कारण वैशाख २८ गतेबाटै प्रिबजेट छलफल गर्न लागिएको हो ।

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम तय भइसकेको छ ।

यसपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत गरिने र जेठ १५ गते आर्थिक वर्ष २०७७÷७८ को बजेट पेश हुने कार्यतालिका यसअघि नै तय भइसकेको छ ।

Share.

Leave A Reply