कोरोना संक्रमितको सख्या ११० पुग्यो

0

२८ बैशाख । हिजो मात्रै थप ८ जनामा कोरोना संक्रमण देखिएपछि देशमा कुल संक्रमितको सख्या ११० पुगेको छ । थपिएका मध्ये चार जना उदयपुर भुल्केका हुन् । तीन जना कपिलबस्तु र एक जना पर्साका रहेका छन । ११० संक्रमित मध्ये २८ जना निको भएर घर फर्किएका छन् । यस अघि निको भएको भनिएका ३ जना अहिले अस्पतालमा उपचार गराई रहेका छन् । भुल्केका चारै जना महिला छन् । यसअघि कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो । तर त्यसबेला संकलन गरिएको थ्रोट स्वाबको परीक्षण ढिलो भएकाले रिपोर्टमा शंका लागेर पुनः नमुना संकलन गरिएको थियो । जाँच पछि १८, ४३, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको हो । भुल्केमा पहिलोपटक वैशाख ५ गते १२ जनामा कोरोना संक्रमण देखिएको थियो । लकडाउन भएपनि मानिसहरु आउनेक्रम रोकिएको छैन जसका कारण कपिलबस्तुमा थप तीन जना संक्रमित भेटिएका छन् । १७, १८ र १८ वर्षका पुरुषमा संक्रमण देखिएको हो । उनीहरु बिहीबार भेटिएका दुई संक्रमितहरूसँगै वैशाख २४ गते लुकिछिपी नेपाल प्रवेश गरेको थिए ।

Share.

Leave A Reply