फिल्डमा रातदिन खटिने नवलपुरका पत्रकारको कोरोना परीक्षण गरिनेः अध्यक्ष रानाभाट

0

२६ बैशाख । नेपाल पत्रकार महासंघ नवलपुरको सक्रियतामा पत्रकारहरुको कोरोना भाइरस परीक्षण हुने भएको छ । विश्व महामारीको रुप लिएको कोरोना भाइरसको समयमा पनि फिल्डमा दिनरात खटिने जिल्लाका पत्रकारहरुको कोरोना भाइरस परीक्षण गर्ने व्यवस्था मिलाइएको भन्दै नाम टिपाउन अध्यक्ष होमराज रानाभाटले आग्रह गर्नुभएको छ ।

“कोरोना भाईरस को जोखिमबाट बच्न र बचाउन हामी पत्रकार हरूको ठुलो दायित्व छ”, रानाभाटले भन्नुभयो,“जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालय सँग मिलेर फिल्डमा रातदिन खटिने पत्रकारहरुको कोरोना परिक्षण गर्ने भएकाले ईच्छुक पत्रकारसाथीहरु जो अहिलेको बिषम परिस्थिमा पनि दिनरात खटिनु भएको छ उहाहरुले नाम र मिडिया उल्लेख गरेर ईन्बक्स वा ९८५५०५६३३३ मा यहि बैशाख २७ गते सम्ममा नाम टिपाउनु होला” ।

त्यसरी आएको नाम पछि तुरुन्त परिक्षण शुरू गरिने रानाभाटले  बताउनुभयो ।

Share.

Leave A Reply