गैंडाकोटमा रक्तदान कार्यक्रम सम्पन्न, १५३ जनाले दिए रगत

0

२६ बैशाख, गैडाकोट । लकडाउनका कारण भएको रगत अभावलाई पूर्ति गर्न लायन्स क्लब अफ गैंडाकोट–कालिगण्डकी, लायन्स क्लब अफ गैंडाकोट र वातावरण विकास तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १५३ जनाले रगत दिएको कार्यक्रमका संयोजक रमेश ढकालले जानकारी दिनुभयो ।

‘विश्व रेडक्रस दिवस’ को अवसर पारेर आयोजना गैडाकोट २ भृकुटीचोकमा आयोजना गरिएको कार्यक्रममा १६ जना महिलासहित १५३ जनाले रक्तदान गरेको लायन्स क्लब अफ गैंडाकोट–कालिगण्डकीका संस्थापक अध्यक्ष बिमल लम्सालले जानकारी दिनुभयो ।

गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले ९७ पटक रक्तदान गर्नुभएका सन्तोषकुमार वाग्लेसहित ३ जना महिलालाई ब्लड ब्याग हस्तान्तरण गर्दै उद्घान गर्नुभएको कार्यक्रम लायन्स क्लब अफ कालिगण्डकीका अध्यक्ष भोजराज भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्लबका कृष्ण कंडेलले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply